प्रशिक्षणका लागि श्रीलंकालाई बिश्वकप जिताएका डेभ वाटमोर नेपाल आउने

आइसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेल अघि नेपाली टिमलाइ श्रीलङकाका पुर्व प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने भएका छन ।

घरेलु मैदानमा हुने खेलका लागि नेपालले आज बाट खेलाडी छनौट प्रक्रिया सुरु गरेको छ । छनौटका लागि पहिलो चरणमा ५२ जना खेलाडीलाइ बोलाइएको छ । उनीहरुलाइ चार टिममा विभाजन गरेर ६ दिन सम्म सुपर लिग खेलाइने छ । ५२ खेलाडीमा सोनु तामाङ बाहेक अन्य खेलाडीले कुनै न कुनै स्तरमा राष्ट्रिय टिमबाट खेलिसकेका छन ।

हाल क्याम्पमा रहेका खेलाडीबाट दोस्रो चरणमा २४ जना छनौट गरिनेछ । ती खेलाडीको प्रशिक्षणका लागि श्रीलंकालाई सन १९९६ को बिश्वकप जिताएका डेभ वाटमोर नेपाल आउने भएका छन । केही दिनमै काठमाडौं आउने वाटमोरले पांच फेब्रुअरी सम्म प्रशिक्षण दिनेछन । यसका साथै टिमका लागि विदेशी फिजियो पनि बोलाइएको छ । बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अन्तिम टोलीलाइ भने भारतमा एक महिना सम्म बन्द प्रशिक्षण राख्ने तयारी भइरहेको छ । आइसीसीले नेपाल क्रिकेट संघलाइ निलम्बन गरेपछि मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का लगायतलाइ खेलाडी छनौटको जिम्मा दिएको छ ।

नेपाल र केन्या बीचको खेल मार्च ११ र १३ मा टियु मैदानमा हुनेछ । केन्या विरुद्धको खेलका लागि मैदानको तयारी पनि एक सातापछि सुरु हुनेछ । पुर्वाधार तयारीको निरिक्षणका लागि आइसीसीबाट प्रतिनिधी आउनेछन । यसअघि घरेलु मैदानमा नै भएको नामिबिया विरुद्धको दुवै खेलमा नेपालले जीत हात पारेको थियो । हाल नेपाल ६ अंक सहित तालिकाको छैटौ स्थानमा छ भने आठ अंक जोडेको केन्या पांचै स्थानमा छ ।

शीर्ष चार टिमले अर्को वर्ष बंगलादेशमा हुने बिश्वकप छनौट खेल खेल्ने अवसर पाउनेछन । त्यसैले नेपालका लागि बांकी ६ खेलमा जीत हात पार्नु आबश्यक छन । केन्यापछि नेपालले हङकङ र युएइ संग खेल्नेछ ।

Comments:

comments

Latest News