दृष्टीविहिन विश्वकप क्रिकेट, नेपालको सातौ हार, भारतसंग एक सय ५२ रनले पराजित

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको हारको श्रृखला आजपनि जारी रह्यो । प्रतियोगितामा सातौ हार ब्यहोरेको नेपाल आज भारतसंग एक सय ५२ रनले पराजित भयो ।

भारतको मुलापाडु क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा मात्र एक विकेट गुमाउदै दुई सय ९० रनको लक्ष्य दिएको थियो । भारतका ओपनीङ जोडीले पहिलो विकेटका लागि एक सय ७२ रनको साझेदारी गरेका थिए । रिटायर्ड हट हुनुअघि दुर्गा राओले ५३ रन बनाए । अर्का ओपनर अजयकुमरा रेडीले ब्यक्तिगत एक सय नौ रन बनाएर रिटायर्ड हुदा भारतले एक सय ८९ रन बनाएको थियो ।

त्यसपछि प्रेम कुमारले दुई रनमात्र बनाएपनि बैकटेश्वर राओले अविजीत ८२ रन बनाउदै भारतलाई उच्च स्कोरमा पुर्याए । त्यसो त नेपालले ३५ अतिरीक्त रन दिएको थियो । जवाफमा बलियो टिम भारत विरुद्ध नेपालको सुरुवात राम्रो हुन सकेन । १८ रनमा पहिलो विकेट गुमाएको नेपालले ८५ रन हुदा चार विकेट खेर फालेको थियो । नेपालका लागि रमेशबहादुर बानियाले ३५ तथा पदमबहादुर बडेलाले २८ तथा विक्रम बहादुर रानाले २४ रन बनाउनु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए ।

३० अतिरीक्त रन पाएको नेपाल अन्तत २० ओभरमा पाच विकेट गुमाउदा एक सय ३७ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हराउनु बाहेक बाकि खेलेका सबै खेलमा पराजित हुन पुग्यो । अब लिगको अन्तिम खेलमा नेपालले भोली न्युजिल्याण्डसंग खेल्नेछ ।

Comments:

comments

Latest News

This Day In History

No Events