दृष्टीविहिन विश्वकपमा नेपालको दोस्रो हार, बंगलादेशसंग ५९ रनले पराजित

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेका छ । आज भएको लिगको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ५९ रनले पराजित भयो ।

दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा मात्र दुई विकेट गुमाउदै दुई सय तीन रन बनायो । उत्कृष्ट ब्याटिङ गरेको बंगलादेशको ओपनिङ जोडीले पहिलो विकेटका लागि एक सय ८२ रनको साझेदारी गर्यो । आजपनि नेपाली बलरको प्रदर्शन कमजोर रह्यो । जसका फाइदा उठाउदै बंगलादेशका मोहम्मद अब्दुल मलिकले ८३ र मोहम्मद मोहसिन होसेन जोयले अविजीत ८८ रन बनाए । नेपालले २९ रन अतिरीक्त रन दिएको थियो । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन । बंगलादेशका दुबै खेलाडी रनआउट भएका थिए ।

जवाफमा दुई सय चार रनको लक्ष्य पक्ष्याएको नेपाल २० ओभरमा आठ विकेट गुमाउदा एक सय ४४ रनमा रोकियो । खाता खोल्न नपाउदै दुई विकेट गुमाएको नेपालले ५९ रन हुदा छ विकेट खेर फालेको थियो । नेपालका लागि तीन खेलाडीमा मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान क्रितन श्रेष्ठ दुवालले अविजीत ५५ रन बनाए भने रमेशबहादुर बानियाले १८ तथा सुनिल सुवेधी क्षेत्रीले १६ रन बनाए । बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । नेपालले ३६ अतिरीक्त रन पाएको थियो । प्रतियोगिता अन्तर्गत नेपालले भोली दक्षिण अफ्रिकासंग खेल्नेछ ।

Comments:

comments

Latest News