दृष्टिविहिन क्रिकेट विश्वकप क्रिकेट, नेपाल श्रीलंकासंग एक सय ३१ रनले पराजित

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अर्को हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल श्रीलंकासंग एक सय ३१ रनको भारी अन्तरले पराजित भयो ।

भारतको पुणेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा दुई विकेट गुमाउदै दुई सय ७४ रन बनायो । विस्फोटक ब्याटिङ गरेको श्रीलंकाका ओपनिङ जोडीले पहिलो विकेटका लागि नै दुई सय २२ रनको साझेदारी गरेका थिए । जसमा सुरङगा सम्पाथले एक सय ११ रन बनाउदा रुवान वासन्थले ७६ रन बनाए । यस्तै कभिन्दु थोमा दुराले ३२ र रुवानले ३३ रनको योगदान गरे । २१ अतिरीक्त रन दिएको नेपाली कुनैपनि बलरले विकेट लिन सकेनन ।

जवाफमा दुई सय ७५ रनको विशाल लक्ष्य पक्ष्याएको नेपाल २० ओभरमा पाच विकेट गुमाउदा एक सय ४३ रन मात्र बनाउन सक्यो । खाता खोल्न नपाउदै विकेट गुमाएको नेपालले १५ रन हुदा दुई विकेट खेर फालेको थियो । जसमा नेपालका लागि सुनिल थापा मगरले ३८ तथा क्रितन श्रेष्ठ दुवालले ३७ रन बनाए । यस्तै पदमबहादुर बदैलालले २३ रन थपे । २६ अतिरीक्त रन पाएको नेपालको जारी प्रतियोगितामा पाचौ हार हो । अब नेपालले मंगलबार इङल्याण्डसंग खेल्नेछ ।

Comments:

comments

Latest News