डेफ क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

काठमाडौमा सम्पन्न डेफ अर्थात कान नसुन्ने खेलाडीले खेल्ने क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । फाइनलमा काठमाडौलाई ६६ रनले हराउदै मोरङले उपाधि उचालेको हो ।

पुल्चोक स्थित इन्जिनियरीङ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारीत २० ओभरमा चार विकेट गुमाउदै एक सय २८ रन बनाएको थियो । मोरङका लागि मोहम्मद सबिरले ३७ तथा सबोध थापाले २३ रन बनाए । यस्तै लालन चौधरीले २० र जुल्फाकर अन्सारीले १८ रन थपे । उसले २५ अतिरीक्त रन पाएको थियो ।

जवाफमा काठमाडौ १३ ओभरमा मात्र ६२ रनमा अलआउट भयो । काठमाडौका लागि रिसव श्रेष्ठले १५ रन बनाउनु बाहेक बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन । उसले १९ अतिरिक्त रन पाएको थियो । काठमाडौलाई कम स्कोरमो रोक्न लालन चौधरीले चार तथा रञ्जन निरौलाले दुई विकेट लिए । उपाधि विजेता मोरङले ५० हजार रुपैया हात पार्यो भने उपविजेता काठमाडौले ४० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मोहम्मद सबिर बने भने बेष्ट बलर लालन चौधरी घोषित भए ।

Comments:

comments

Latest News