दृष्टीविहिन विश्वकप क्रिकेट, नेपाललाई दुई सय ३४ रनको लक्ष्य

भारतमा जारी दृष्टीविहिन विश्वकप क्रिकेटमा नेपालले इङल्याण्डबाट दुई सय ३४ रनको विशाल लक्ष्य पाएको छ ।

भारतको कर्नाटका स्टेट क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको इङल्याण्डले २० ओभरमा पाच विकेट गुमाउदै दुई सय ३३ रन बनायो । आक्रामक ब्याटिङ गरेको इग्ल्याण्डले ६० रन हुदा तीन विकेट गुमाएपनि त्यसपछि लुक जेसोन स्मिथ र पिटर ब्लुइटले एक सय ६२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । इङल्याण्डका लागि लुकले एक सय रन बनाए ।

उनले ६२ बलमा आठ चौका प्रहार गरे । यस्तै पिटरले ४३ रन जोडे । ३३ अतिरीक्त रन पाएको इङल्याण्डका लागि जस्टिन होलिङवर्थले १५ थपे । बलिङ तर्पm पदमबहादुर बदइलाले दुई तथा सुनिल थापामगरले एक विकेट लिए ।

Comments:

comments

Latest News