In Focus

आइसिसी एड्भाइजरी कमिटी: चार महिनामा वकिललाई चिठी पठाउने मात्रै काम

नेपाली क्रिकेटको विवाद समाधानका लागि आवश्यक विधान बनाउने तथा छिटोभन्दा छिटो निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सुम्पिँदै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गठन गरेको एड्भाइजरी कमिटी (सल्लाहकार समिति)ले गठन भएको चार महिनामा बितिसक्दा एउटा मात्रै काम गरेकाे छ। आइसिसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि गत असोज २० गते सरोकारवालाहरु सम्मिलित सल्लाहकार समितिको गठन गरेको थियो। गठन गरेको चार महिना बितिसक्दा सल्लाहकार समितिले गरेको एउटा काम आइसिसीलाई वकिलहरुको नाम पठाउनु मात्रै हाे।

संयोजक पाण्डे अहिले संयुक्त राज्य अमेरिकामा छन्। अर्का संयोजक उद्याेगपति बसन्त चौधरी आफ्नाे व्यवसायमा नै बढी व्यस्त देखिन्छन्। त्यस्तै, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल पनि भर्खरै स्वदेश ओर्लिएकाे जानकारी उनले दिएका छन्।

नेपाली क्रिकेटको विवाद समाधानका लागि सक्रिय भूमिका देखाउनु पर्ने सल्लाहकार समिति निष्कृय जस्तै देखिएको छ। हालसम्म औपचारिक रुपमा दुई वटा मात्र बैठक बसेकाे खुलाउँदै उनले भने ‘तीबाहेक कहिलेकाही अनौपचारिक छलफल चाहिँ भए होलान्।’नेपाल क्रिकेट संघ (क्यान)मा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएको टिप्पणी गर्दै आइसिसीले धारा २,९ मिचेको भन्दै वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो।

२०७२ मंसिरको अन्तिममा चतुरबहादुर चन्दलाई अध्यक्षमा चुनेर क्यानको निर्वाचन भएको थियो। तत्कालीन अध्यक्ष टंक आङ्बुहाङ सहितको टोलीले क्यानको उक्त सभा बहिष्कार गर्दै राखेपमा उजुरी गरेपछि आफ्नो स्वीकृति बिना भएको चुनावलाई नमानेका कारण सरकारले त्यसलाई मान्यता दिएन। पुस १८ गते राष्ट्रिय खेलकुद परिषदले रमेश सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो। त्यसविरुद्व निर्वाचित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै फैसला भएको छैन। त्यसपछि विवादित बनेको अवस्थामा आइसिसीले क्यान निलम्बन गर्दै यसको निकासका लागि एड्भाइजरी कमिटी (सल्लाहकार समिति) बनाएको हो।

असोज २० गते गठन गरिएको समितिमा पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला, खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल लगायतकाे प्रतिनिधित्व रहेकाे थियाे। आइसिसीका फाइनान्स मेनेजर अमर शेखले सल्लाहकार समितिको संयोजन गर्ने जनाइएको थियो। त्यसको अघिल्लो महिना आइसिसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएकोे टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा खेलकुद मन्त्रालय र राखेपको पदाधिकारीसँग भेट गर्दै नेपाली क्रिकेट विवाद समाधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र त्यसका लागि सल्लाहकार समिति बनाउने सहमति भएको थियो।

सल्लाहकार समितिले आफूहरुको स्पष्ट भूमिका नतोकिएको भन्दै त्यसको दुई महिनासम्म केही काम पनि गरेन्। त्यस पश्चात पुनः पुस अन्तिम साता आइसिसीले सल्लाहकार समितिको जिम्मेवारी बाँडफाँड गर्यो। जसअनुसार समितिको संयोजकमा विनयराज पाण्डे र बसन्त चौधरीलाई तोकियो। पूर्व कप्तान पवन अग्रवाललार्इ सचिव तथा राष्ट्रिय खेलकुद परिषदका प्रेस सल्लाहकार दाहाललाई प्रवक्ता तोकियो। कार्य विभाजन अनुसार ‘बैठकले विधान बनाउने र क्रिकेट संरचना बनाउने जिम्मेवारी पाण्डेलाई, कानुनी पाटो र सरकारी निकायहरूसँग समन्वय गर्ने जिम्मेवारी चौधरीलाई तोकिएको हो। सचिवको भूमिकामा अग्रवालले समन्वय गरी बैठक बोलाउने भनिएको थियो।

जिम्मेवारी बाँडफाँडपछि काम गर्ने बाटो खुलेको प्रतिक्रिया दिने एड्भाइजरी कमिटीका सदस्यहरुलले खासै सक्रियता नदेखाउदा नेपाली क्रिकेटको विवाद नहिले टुंगिने अझै केही निश्चित देखिँदैन। आइसिसीले एड्भाइजरी कमिटीलाई जुन २७ गतेसम्मको म्याद दिएको थियो।

Click to comment

Leave a Reply

Your email address will not be published.

Most Popular

To Top