भारत भ्रमणमा जानु अघि १९ खेलाडीको नाम घोषणा, अफगानिस्तानको ए टिमसंग अभ्यास खेल खेल्ने

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि एक साताको भारत भ्रमणमा जानु अघि नेपाली क्रिकेट टिमको १९ जनाका नामावली सार्वजनिक भएको छ ।

यसअघि बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १९ जनाको नाम सार्वजनिक भएको हो ।

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), आरीफ शेख, दिलिप नाथ, मेहबूब आलम, करण केसी, आशिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषवाकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दिपेन्द्र सिंह एैरी, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दिप लामिछाने

टिमबाट बाहिर भएका खेलाडी
कुशल भुर्तेल, विक्रम शोब, सुसान भारी र दिपेश श्रेष्ठ

केन्या विरुद्धको खेल अघि नेपाली टिम शुक्रबार भारत प्रस्थान गर्नेछ । भारतको ग्रेटर नोयडामा तीन अभ्यास खेल खेल्नेछ । जसमा अफगानिस्तानको ए टिम, राजस्थान र एयर इन्डिया टिमसंग अभ्यास खेल खेल्नेछ । अश्वस्थताका कारण कप्तान पारस खडका भारत जाने छैनन । टिम भारतबाट फर्किएपछि पारसले टिमसंग अभ्यास गर्नेछन । त्यसपछि केन्या विरुद्धको खेलका लागि अन्तिम नामावली तयार पारिने छ ।

Comments:

comments

Latest News

This Day In History

No Events