क्रिकेट टिमको प्रशिक्षण अन्तिम चरणमा, भारत भ्रमणपछि ओपनरको टुङगो लाग्ने

केन्या विरुद्धको खेल अघि नेपाली टिमले घर भित्रको तयारी लगभग पुरा गरेको छ । अब एक साता भारत भ्रमणमा नेपाली टिम मुख्य गरी “फिनिसिङमा” केन्द्रित रहने प्रशिक्षक जगत टमाटाले बताएका छन ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलको तयारीमा छ । ५२ खेलाडीबाट १९ जनासम्म पुग्दा टिममा धरै युवा खेलाडीले स्थान बनाएका छन । जसका कारण यसपटक नेपाली टिममा युवा खेलाडीले स्थान पाउने निश्चित जस्तै देखिएको छ । यसै प्रतियोगिताका लागि नेपाली टिम शुक्रबार भारत जादैछ ।

घरेलु मैदानमा फागुन २८ र ३० गते हुने दुइ खेलका लागि खेलाडीले आफ्नो मेहनतमा कुनै कमी गरेका छैनन् । भारत भ्रमणमा सहभागी हुने टिममा कप्तान पारस खड्का अस्वस्थ रहेकाले उनको स्थानमा आरिफ शेखलाइ समावेश गरिएको छ । विगत एक महिना देखी बन्द प्रशिक्षणमा रहेका खेलाडीले विदेशी प्रशिक्षकको प्रशिक्षण र प्रयाप्त समय प्रशिक्षण गरेकाले मनोबल उच्च देखिएको छ ।

भारतमा को-को संग खेल्छ

  • एक साता नोयडामा एयर इन्डिया
  • अफगानिस्तानको ए टिम
  • राजस्थान संग

२५ तारिखमा हाफ सेसन ट्रेनिङ
२६ तारिखमा अभ्यास खेल
२७ तारिखमा हाफ सेसन
२८ मा अभ्यास खेल
२९ मा रेस्ट
१ तारिखमा खेल
२ मा घरफिर्ता

ओपनरको टुङगो

अनुभवी ओपनर सुवास खकुरेल, अनिल मण्डल नरेश बुढाऐर र महेश क्षेत्री टिम बाहिर भएपछि यसपटक नेपाली टिमको ओपनिङ जोडीको टुङगो लगाउन बाकि छ । पछिल्ला केही खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङ ब्याट्सम्यान बनाइएको छ, जबकी उनी यसअघि तेस्रो नम्बरमा आउँथे । अब उनी ओपनिङमै रहने पक्का भएको छ । तर, उनको जोडी भेटिएको छैन । यो पटक युवा क्रिकेटरको ज्ञानेन्द्रसँग ओपनिङ जोडी बनेर खेल्नेछन् । स्रोतका अनुसार यसका लागि तीन ब्याट्सम्यान विकल्पका रुपमा छन् । दिलिपनाथ, आशिफ शेख र सुनिल धमलाबीच ज्ञानेन्द्रको ओपनिङ पार्टनरका लागि प्रतिस्पर्धा हुनेछ ।

यस्तै नेपाली टोलीमा विकेट किपरको भूमिका ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले निभाउँदै आएका थिए । उनी टोलीमा पर्दा यू-१९ को कप्तान हुँदै सिनियर टोलीमा परेका राजु रिजालले यो जिम्मेवार पाए । अहिले सुवास र राजु दुबै टोलीमा छैनन् र विकेट किपरका लागि विनाद र आशिफ शेख दुई मध्ये एक छनोट गर्ने विकल्प कोचसामू छ ।

उपलब्ध साधन स्रोतले भ्याए सम्म नेपालले केन्या संगको खेलका लागि तयारी गरेको छ । यस हिसाबले भारत भ्रमण नया खेलाडीका लागि एक्सपोजर र आफुलाइ प्रमाणित गर्ने अन्तिम अवसर हो । नेपाली टोली फागुन २० गते भारत बाट फर्किनेछ । त्यसपछि अन्तिम टोलीको नामावली सार्वजनिक गरेसंगै बांकी रहेको केही समय स्किल र मानसिक तयारीमा ध्यान दिने प्रशिक्षक टमाटाको भनाइ छ । केन्या संगको खेलका लागि कप्तान पारस पनि फिट भइसक्ने बताइएको छ ।

Comments:

comments

Latest News