अष्ट्रेलिया विरुद्ध न्यूजिल्याण्ड २४ रनले विजयी, श्रृखला दुई शुन्यले जित्यो

अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसिय खेलमा न्यूजिल्याण्ड २४ रनले विजयी भएको छ । जितसंगै न्यूजिल्याण्डले तीन खेलको श्रृखला दुई शुन्यले जितेको छ ।

न्यूजिल्याण्डको ह्यामिल्टन स्थित सिडेन पार्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय ८१ रन बनाएको थियो । उसका लागि रोस टेलरले एक सय सात रनको पारि खेले भने डियन ब्राउन्लीले ६३ रन थपे । यस्तै मिचेल सान्तनेरले ३८ तथा कप्तान केन विलियम्सनले ३७ रन बनाए । बलिङ तर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा जोस हेजलहुडले दुई विकेट लिए ।

जवाफमा अष्ट्रेलिया ४७ ओभरमा दुई सय ५७ रनमा अलआउट भयो । उसका लागि कप्तान आरोन फिन्चल ५६ तथा ट्राभिस हेडले ५३ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ४२ र मिचेल स्टार्कले २९ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । अष्ट्रेलियालाई कम स्कोरमा रोक्न ट्रेन्ट बोल्टले ३३ रन खर्चदै ६ विकेट लिए ।

Comments:

comments

Latest News