न्युजिल्याण्ड विरुद्धको ट्वान्टी ट्वान्टी खेलमा दक्षिण अफ्रिका ७८ रनले विजयी

न्युजिल्याण्ड विरुद्धको एकमात्र ट्वान्टी ट्वान्टी खेलमा दक्षिण अफ्रिका ७८ रनले विजयी भएको छ ।

न्युजिल्याण्डको अकल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत २० ओभरमा छ विकेट गुमाउदै एक सय ८५ रन बनायो । दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ६२ तथा जेपी डुमिनीले २९ र कप्तान फाप डु प्लेसिसले ३६ रन बनाए । बलिङ तर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र कोलीन डी ग्राण्डहोमीले दुई दुई विकेट लिए ।

जवाफमा न्युजिल्याण्ड १४ ओभर पाच बलमा एक सय सात रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । १० रन हुदा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले ६० रन हुदा पाच विकेट खेर फालेको थियो । त्यसपछि थप ४७ रन जोडदा न्युजिल्याण्ड अलआउट हुन पुग्यो । उसका लागि टोम ब्रुसलेस ३३ तथा टिम साउदीले २० रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न इमरान ताहिरले पाच विकेट लिए ।

Comments:

comments

Latest News