In Focus

राजु बस्न्यात कोरीयन क्रिकेट टिमका प्रशिक्षक, मासिक सात लाख रुपैया पाउने

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरीयन क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएका छन । राजु विदेशी टिमको प्रशिक्षक हुने पहिलो नेपाली बनेका छन ।

जाकार्तामा दुई बर्षपछि हुने एशियन गेम्सका लागि राजुलाई कोरीयाले एक बर्षका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो । उनले महिला र पुरुष दुबै टिमको प्रमुख प्रशिक्ष्ँकका रुपमा काम गर्नेछन । पछिल्लो पटक महिला टिमको प्रशिक्षक बनेका राजुलाई कोरीयन क्रिकेट संघले उत्कृष्टताका आधारमा छनोट गरेको हो । उनले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन ।

सम्झौता अनुसार राजुले मासिक ५० लाख कोरीयन अर्थात नेपाली पाच लाख रुपैया पाउनेछन । यसका साथै उनलाई सुविधा खर्च दुई लाख गरेर कुल सात लाख रुपैया पाउनेछन । सम्झौता अनुसार राजुले १० मार्चमा कोरीया पुगिसक्नु पर्नेछ । उनको अन्डरमा दुई जना अष्ट्रेलियन सहायक प्रशिक्षक पनि रहेका छन । करीव एक महिना अगाडी कोरीयन क्रिकट संघले प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको थियो । जसमा राजुले पहल गरेका थिए । क्रिकेटको लेवल थ्रि गरेका राजुको बसाई र खाना खर्च कोरीयन क्रिकेट संघले नै गर्नेछ ।

Most Popular

To Top