आइसीसी भन्छ– मैदान तयार पार, पहलमा कमी

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि किर्तीपुर मैदानलाई चाडो तयार गर्ने आइसीसीले निर्देशन दिएको छ । लिग च्याम्पियनसिप अन्तर्गत नेपालले मार्चको ११ र १३ तारिखमा केन्या विरुद्ध खेल्दैछ । जसका लागि नेपाली टिम तयारीमा ब्यस्त रहेको छ । आइसीसीका प्रतिनिधीका रुपमा आएका बन्दुला वर्नापुरा र गुरजित सिंहले किर्तीपुर मैदानको निरिक्षण गरेर मैदानलाई तयार पार्न निर्देशन दिएका छन । साथै उनिहरुले केन्या विरुद्धको खेल नेपालमा गराउन आइसीसी सकारात्मक भएपनि सुरक्षाका हिसावले पुर्ण रुपमा निर्णय गर्न सकेको छैन ।

यसअघि पनि नामिविया विरुद्धको खेल आइसीसी आफै आएर नेपालमा गराएको थियो । सो बेला ब्यवस्थापनमा केहि कमजोरी पनि नदेखिएको होइन । यसपटक पनि आइसीसीको पुर्ण मातहतमा केन्या विरुद्धको खेल आयोजना गर्ने लक्षण देखाएको छ । मैदानको अवस्था र ब्यवस्थापनको विषयका कारण आइसीसीले केन्या विरुद्धको खेलस्थल अझै निर्णय गराउन सकेको छैन ।

स्रोतका अनुसार केन्या विरुद्धको खेल नेपालमा गराउन जुन किसिमको पहल सरकारी र अन्य स्तरबाट हुनुपर्ने हो त्यो हुन सकेको छैन । आइसीसीले जे भन्यो त्यसैमा हुन्छ भन्ने अवधारणाका कारण केन्या विरुद्धको खेल नेपालमा नहुने सम्भावना पनि रहेको छ । नामिविया विरुद्धको खेलका लागि पनि आइसीसीलाई सरकारी तवरबाट ठुलो पापड पेलेको थियो ।

यसपटक क्यान पुर्ण रुपमा निस्कृय हुदा क्रिकेट अंक सक्रिय हुन सकेको छैन । नेपालको तयारीको जिम्मा क्यानकी पुर्व सिइओ भावना घिमिरेलाई दिइएको छ । आइसीसीको कुरा काट्न कसैले नसक्ने र अडान राख्न नसक्ने भएकाले कसैलाई केहि मतलव नभएको स्रोतको भनँई छ । क्यान निलम्बनमा भएपनि अझैपनि बाहिरी पक्षको राजनिती क्रिकेटमा एथावत रहेको उनले बताए ।


नेपालले केन्या विरुद्धको खेल नेपालमा गर्न नसके क्रिकेट दर्शकका लागि मात्र होइन खेलाडीको प्रदर्शनमा पनि असर नपर्ला भन्न सकिन्न । नेपालले च्याम्पियनसिपमा आठ खेले खेलेको छ । जसमा घर बाहिर खेलेका छ खेलमा एकमात्र जित निकाल्न सकेको छ । घरभित्र भएका दुई खेलमा दुबैमा जित निकालेको थियो । यसपटक पनि केन्यालाई नेपालमा खेलाउन सबै पक्ष्यले जोड दिन आवश्यक छ । नभए क्रिकेटमा राजनिती अझै सकिएको रहेनछ भन्ने भान नहोला भन्न सकिन्न ।

Comments:

comments

Latest News