एसीसी इमर्जिङ टिम्स कपको प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टोली विगत दुइ महिना देखी निकै ब्यस्त छ । एक साता अघि घरेलु मैदानमा , आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध दुइ खेल खेलेको नेपाल अहिले अर्को प्रतियोगिताको तयारी जुटेको छ । बंगलादेशमा चैत १२ देखी २२ गते सम्म हुने एसीसी इमर्जिङ टिम्स कप खेल्न लागेको नेपाले आज बाट बन्द प्रशिक्षण सुरु गरेको छ । चार जना सिनियर खेलाडीलाइ आराम दिइएको यो प्रतियोगितालाइ नेपालले ब्याक अप खेलाडी उत्पादन गर्ने अवसरका रुपमा लिएको छ ।

नियमित कप्तान पारस खड्का, भेट्रान स्पिनरद्धय शक्ति गौचन तथा बसन्त रेग्मी र तीव्र गतिका बलर सोमपाल कामीलाइ आराम दिएर युवा खेलाडीहरु आसिफ शेख, भुवन कार्की, दिपेश श्रेष्ठ, दिलिप नाथ र सुशान भारीलाइ टिममा स्थान दिइएको छ । जसमा दिलिप नाथ, आसिफ र दिपेशले पहिलो पटक सिनियर टिममा ठाउ बनाएका हुन् । बंगलादेश भ्रमणमा जाने १५ र बैकल्पिक चार खेलाडी सहितको बन्द प्रशिक्षण आइतबार बाट टियु मैदानमा सुरु भएको छ । नेपालले इमर्जिङ कपलाइ ए टिम बनाउने अवसरका रुपमा लिने बताएको छ ।

यो प्रतियोगिताले नेपाली क्रिकेटको भविष्य दर्शाउने पनि विश्लेषण गरिएको छ । पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलतामा महत्वपुर्ण भुमिका खेल्दै आएका सिनियर खेलाडीको अनुपस्थितीमा युवा खेलाडीले एक्सपोजरको अवसर पाउनेछन ।

प्रतियोगितामा पाकिस्तान, भारत, बंगलादेश र श्रीलङकाको २३ वर्ष मुनिको टिम र नेपाल सहित मलेसिया, अफगानिस्तान र हङकङको राष्ट्रिय टिमको सहभागिता रहनेछन । आठ टिमलाइ दुइ समुहमा विभाजन गरिएको छ । नेपालले आफ्नो पहिलो खेल १४ गते पाकिस्तान १५ मा बंगलादेश र १७ मा हङकङ संग खेल्नेछन । नेपालका युवा क्रिकेटरका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने र आफुलाइ प्रमाणित गर्ने यो सुन्दर मौका हो । जसले उनीहरलाइ राष्ट्रिय टिमको यात्रा सहज बनाउने आधार तय गर्नेछ ।

Comments:

comments

Latest News