क्रिकेटको सुनौलो भविष्यको रुपमा उदाएका शेख दाजुभाइ

विश्व क्रिकेटमा दाजुभाइले देशको प्रतिनिधित्व गर्दै राम्रो चर्चा कमाएको धेरै उदाहरण छन । भारतका युसुफ इमरान पठान, न्युजिल्याण्डका ब्रेन्डन नाथन म्याकुलम , आयरल्याण्डका केभिन र निल ओ ब्रियन लगायत विश्व क्रिकेटमा चर्चा कमाएका दाजुभाइ हुन् ।

नेपालको कुरा गर्ने हो भने मंजित, युनिल श्रेष्ठ, मोनिर मुनिक श्रेष्ठ र अशोक, राजेश चौधरीको नाम आउछ । तर पछिल्लो समय भने शेख दाजुभाइ नेपाली क्रिकेटको सुनौलो भविष्यको रुपमा उदाएका छन हामी कुरा गर्दैै छौ अरिफ र आशिफ शेखको ।

बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीका मुख्य सदस्य हुन दाजु आरिफ र भाइ आशिफ । उचाइलाइ मापन गर्ने हो भने आसिफ दाजु हुन जस्तो लाग्छ । तर उनीहरु बीच पांच वर्षको फरक छ । बीरगंज घर भएका शेख दाजुभाइको घरमा क्रिकेटको माहोल नभएपनि विद्यालय स्तर देखीनै बल र ब्याटमा माया बसेको थियो । आरिफले २०६४ साल देखी क्रिकेट खेल्न सुरु गर्दा आरिफले पनि उनलाइ पछ्याइसकेका थिए ।

आरिफ भन्छन, २०६४ साल तिर स्कुल स्तरबाट सुरु भएको क्रिकेट जीवन विस्तारै क्षेत्रीय राष्ट्रिय, क्लव हुदै अन्तराष्ट्रिय लेवलमा पुगेको छ । निकै खुसी लाग्छ क्रिकेटको माहोल नहुदा पनि राष्ट्रिय टिमबाट खेल्न पाउदा । दाईले क्रिकेट खेलेका हेर्दा हेदै आफुपनि क्रिकेटमा लागियो । तर त्यति सजिलो यात्रा भने भएन, दाईको पाइला पक्ष्याउदै अगाडी बढीयो र अहिले यो लेवलसम्म पुगिएको छ, र आफुलाई प्रमाणित गर्नुछ, आसिफ भन्छन ।

आरिफ अल राउन्डर हुन भने आसिफ विकेट किपर तथा ब्याट्सम्यान । एकै परिवारको भएपनि मैदानमा उत्रदा भने दुई दाजुभाई प्रतिद्धन्द्धीका रुपमा उत्रन्छन । आरिफ पुलिस क्लब र आसिफ सशस्त्र प्रहरी बलमा आवद्ध छन । मैदान प्रवेश गरेसंगै उनीहरुको दाजुभँइको सम्बन्ध पनि समँप्त हुन्छ ।

आरिफको भनाई मान्ने हो भने जव मैदानमा उत्रिइन्छ, तव नातावाद भन्दापनि कसरी टिमलाई जिताउने भन्ने हुन्छ । मैदान भित्रको मालोह निकै फरक हुन्छ, जहिलेपनि हामी एक अर्का विरुद्ध उत्रिन्छौ हाम्रो बानी नै फरक हुन्छ । यहि हो क्रिकेट र यस्तै हुन्छ जहिले पनि ।

दाईको कुरालाई सहमत गर्दै भाई आसिफ भन्छन, विपक्षी भएपछि को दाई को भाई, खाली कसरी राम्रो खेल्ने र टिमलाई जिताउने भन्ने मनसाय हुन्छ ।
मैदान बाहिर आसिफ जति शान्त र लजालु छन मैदानमा उनको शैली निकै आक्रमक छ । जुन दाइ आरिफलाइ त्यती मन पर्दैन । मायाले चिन्टु उपनाम पाएका आसिफलाइ भने भने आरिफको अलि धेरै रिसाउने बानी राम्रो लाग्दैन । मध्यम वर्गिय परिवारका यी दुइ युवा स्टार एकै पटक दाजुभाइ नै राष्ट्रिय टिममा पर्नु क्रिकेटले दिएको सवैभन्दा ठुलो खुशी ठान्छन । इमर्जिङ कप खेल्ने टिममा परेसंगै उनीहरुले आफुमा ठुलो जिम्मेवारी महशुस भएको बताए ।

नेपाली क्रिकेट अहिले जुन अवस्थामा छ, त्यो बाट सबैले पाठ सिक्नु पर्छ । इमर्जिङ कपमा युवा खेलाडीलाई ठुलो जिम्मेवारी छ, र त्यो जिम्मेवारी पुर्ण रुपमा पुरा गर्ने लक्ष्यमा छौ ।

यसपटकको टिममा युवा खेलाडीले धरै मौका पाएका छन । भविष्यमा क्रिकेटलाई अगाडी बढाउने युवा खेलाडीले नै हो । त्यसैले पनि यो पटक हामी सबैलाई आफनो क्षमता प्रमाणित गर्ने ठुलो मौका आएको छ आसिफ भन्छन ।

एक अर्कालाइ उछिन्ने प्रतिस्पर्धा कहिल्यै नभएको शेख दाजुभाइको भनाइ छ । सदैव संगंसंगै हिडेर नेपाली क्रिकेटलाइ योगदान पु¥याउने उनीहरुको एक मात्र लक्ष्य हो । मुख्य प्रशिक्षक जगत टमाटा शेख दाजुभाइलाइ अनुशासित र क्षमतावान क्रिकेटरको रुपमा ब्याख्या गर्छन् । एभरेस्ट प्रिमियर लिगमा शतक हिर्काएपछि बढी चर्चा पाएका आसिफ दक्षिण अफ्रिका र भारतीय ब्याट्सँयन लोकेस राहुलका फ्यान हुन् । आरिफलाइ भने न्युजिल्याण्ड र मार्टिन गप्टिल असाध्यै मन पर्छ ।

Comments:

comments

Latest News