कसले भने– राष्ट्रिय टिमबाट खेल्ने धोका पुरा नभएपनि, डिपिएल खेल्न पाउदा उत्साहित छु

सुदुरपश्चिमको धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिगका कारण स्थानियवासी र लगानीकर्ता जति उत्साहित छन त्यति नै उत्सुक्तामा अक्सनमा परेर छनोट भएका खेलाडी छन । पहिलो पटक राष्ट्रिय स्तरमा अक्सन भएर भब्य रुपमा आयोजना हुन लागेको डिपिएलमा विभिन्न कारणले विदेशीएका खेलाडी ले पनि खेल्ने मौका पाएका छन । त्यस्ता खेलाडीमा पर्ने एक पात्र हुन राकेश कर्ण ।

कुनै समय नेपाली क्रिकेट टिमलँई प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने दृढ इच्छाशक्ति राखेर क्रिकेटमा लागेका थिए राकेश कर्ण । आज भन्दा १४ बर्ष अगाडी १७ बर्ष मुनिको क्रिकेट खेलेका राकेशको इच्छा थियोे राष्ट्रिय क्रिकेट टिमको जर्सि लगाउने । क्षेत्रीय स्तरमा काठमाडौबाट प्रतिनिधत्व गरेका राकेशका सो बेलाका टिमका साथिमा हालका कप्तान पारस खडका, शरद भेषवाकर जस्ता अरु खेलाडी पनि थिए । तर क्रिकेटमा भविष्य राम्रो नदेखेका कारण राकेशले क्रिकेटलाई छोडेर पढाईका लागि अमेरीका तिर लागे ।

जसका कारण क्रिकेट छोडन बाध्य हुनुपरयो । नेपालमा राकेश जस्तै धरै यस्ता खेलाडी छन जसले क्रिकेटमा भविष्य राम्रो नदेखेर विदेशिनु परेको छ । उनकै भनाई मान्नै हो भने सो बेलाको अवस्था यस्तो थियो की कित पढाई कीत क्रिकेट रोज्जुपर्ने थियो, अहिलेको जस्तो क्रिकेटको अवस्था सो बेला थिएन र आफुले क्रिकेट भन्दा पढाईलाई अगाढी बढाउने लक्ष्य सहित अमेरीका लागे । जुन एक किसिमले दुखको विषय थियो तर अहिले जे गरे ठिकै गरे जस्तो लाग्छ, राकेश भन्छन ।

अनजान देशमा सुरुवाती केहि बर्ष उनले पढाईमा केन्द्रित रहे । तर क्रिकेट प्रतिको मोह राकेशलाई अमेरीकामा पनि पिछा छोडेन त्यसैले होला उनले क्रिकेटमा खासै चासो नभएको सो बेला आफु पढेको विश्वविध्यालयमा नै टिम तयार पारेर फेरी क्रिकेटमा फर्किए । उनि भन्छन अमेरीकामा क्रिकेटलाई खासै महत्व दिइदैन थियो, आफु पढेको विश्वविध्यालयको प्रोफेसरलाई क्रिकेटका बारेमा बिस्तृत रुपमा जानकारी गरायो । विश्वमा क्रिकेट निकै पपुलर खेल हो, यसलाई विश्वविधालयमा पनि समेटुन पर्छ भनेर भन्दा ती प्रोफेसर पनि राजी भए । त्यसपछि दक्षिण एशियाबाट पढाईका लागि गरेका विधार्थी मिलेर केहि रकम संकलन गरेर टिम तयार पारयो र अन्तर विश्वविध्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्यो । त्यसपछि नै आफु फेरी क्रिकेटमा फर्किन सफल भइयो ।

क्रिकेटको दोस्रो इनिङ सुरु गरेका राकेशले पढाई काम र खेल जीवनलाई एकैसाथ अगाढी बढाउने त्यति सजिलो भने भएनन । यहि क्रममा उनले अमेरीकी क्रिकेटमा प्रवेश गर्ने प्रयास पनि गरे जुन अझै पनि जारी छ । दुई पटक अमेरीकी क्रिकेट टिममा छनोट हुनका लागि ट्रायल पनि दिइयो, एक पटक दोस्रो चरणमा पुगेको थिए तर त्यसपछि अगाडी छनोट हुन सकिएन ।

तर पनि राकेशको क्रिकेट खेल्ने इच्छा रोकिएन । पछिल्लो चार बर्षदेखि भने राकेश नेपालका पुर्व क्रिकेट खेलाडीसंग मिलेर अमेरीकामा नै क्रिकेट क्लव स्थापन गर्ने निधो गरे । जसमा बर्दान चालीसे लगायतका खेलाडी थिए । नेपाली राइनोज क्रिकेट क्लवको स्थापना गरेर राकेशकै पहलमा गत बर्ष अमेरीकाको टेक्सासमा भएको टु एक्स क्रिकेट प्रतियोगितामा सहभागि भयो । तर सो प्रतियोगितामा सहभागिता गर्न अमेरीकामा रहेका नेपाली लगायत अन्य ब्यापारीले ठुलो सहयोग गरे । उनि अझै सम्झन्छन प्रतियोगितामा सहभागि हुन करीव ३५ हजार अमेरीकी डलर उठेको थियो । जसका कारण नेपालका आठ जना राष्ट्रिय क्रिकेटर बोलाएर प्रतियोगितामा सहभागिता जनाएका थिए । सो प्रतियोगिता जितेपछि राकेशले आफना पुर्व समकक्षीसंग जीतको खुसी मात्र मनाएनन की राष्ट्रिय टिमले जित्दा कस्तो हुदो रहेछ भन्ने अनुभव गर्ने मौका पाए ।

राकेशको सम्झना छ, सो बेला कप्तान पारस खडकाले भनेका थिए, जव राष्ट्रिय टिमले कुनै प्रतियोगिता जित्छ यस्तै गर्व हामीलाई हुन्छ । देशका लागि खेलेर खुसी मनाउन नपाएपछि जीतको खुसी के हुदो रहेछ भन्ने भान भयो । यतिमात्र होइन, उनलाई धरै साथिले भनेका थिए, क्रिकेटसंग प्रत्यक्ष अप्रत्यक्ष संलग्न छस त्यो नै ठुलो कुरा हो ।

उमेरले ३१ पुगिसकेका राकेशलाई अझैपनि क्रिकेटको मोह यति छ की समय पाउने वितिकै किटब्याग बोकेर नेटमा प्रशिक्षण गर्न पुग्छन । यहि मेहेनतका कारण उनी आसन्न धनगढी प्रिमियर लिगमा पनि अक्सनमा परेका थिए र उनलाई शरद भेषवाकरको टिमले खरीद गरेको थियो । लामो समयपछि नेपाली खेलाडीसंग घरेलु प्रतियोगिता खेल्न पाउदा राकेशमा खुसीको सिमा छैन ।

घरेलु प्रतियोगिता नभइरहेका बेला डिपिएलमा अक्सनमा पर्नु आफुलाई खुसीको कुरा भएको र सो प्रतियोगिता खेल्न पाउनु अझ गर्वको कुरा हो राकेश भन्छन । अब भविष्यमा नेपाली राइनोजलाई ब्यवस्थित रुपमा अगाडी बढाएर नेपाली खेलाडीलाई विदेशी भुमिमा निरन्तर खेलाउने इच्छा छ । त्यसका लागि धरै चुनौती पनि छन तर समय अनुसार अगाडी बढनुपर्ने छ ।

आइटीमा काम गर्दे आएका राकेश नेपाली क्रिकेट जुन अवस्थाबाट चलिरहेको छ त्यो दुखको कुरा हो, हाल अमेरीका पनि नेपाल जस्तै अवस्थामा छ तर उनिहरुसंग पैसा छ, आइसीसीलाई चुनौती दिनसक्ने क्षमता अमेरीकासंग रहेको भन्दै राकेश नेपाली क्रिकेटको भने चिन्ता गर्छन ।

Comments:

comments

Latest News