आईसीसीद्धारा टेष्ट राष्ट्रका उत्कृष्ट खेलाडीको सुची सार्वजनिक

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले टेष्ट खेल्ने राष्ट्रका उत्कृष्ट ब्याट्सम्यान र बलरको सुची आज सार्वजनिक गरेको छ । जस अनुसार उत्कृष्ट ब्याट्सम्यानमा अष्ट्रेलियाका स्टेभन स्मिथ परेका छन् ।

ईण्डियाका चेतेश्वर पुजारालाई पछि पार्दै स्मिथ उत्कृष्ट ब्याट्सम्यानको शीर्ष स्थानमा उकिलएका हुन् । ईङल्याण्डका जोए रुट तेस्रो स्थानमा रहँदा ईण्डियाकै विराट कोहली चौँथो स्थानमा झरेका छन् । त्यस्तै न्युजिल्याण्डका केन विलियन्सन पाँचौ स्थानमा छन् । बलरको उत्कृष्ट सुचीमा भने ईण्डियन बलरले शीर्ष दुई स्थान कब्जा गरेका छन् ।

रविन्द्र जडेजाले शीर्ष स्थान कायम राख्दा रविचन्द्रन आश्विन दोस्रो र श्रीलंकाका रंगना हेराथ तेस्रो स्थानमा छन् । अष्ट्रेलियन जोस हजलउड चौँथो र ईङल्याण्डका जेम्स एडरसन पाँचौ स्थानमा छन् । टेष्ट अलराउण्डरमा भने बंगलादेशी साकिव अल हसन अग्रस्थानमा छन् । अलराउण्डको दोस्रो र तेस्रो स्थानमा क्रमश ईण्डियाका रविचन्द्रन आश्विन र रविन्द्र जडेजा छन् । टेष्ट टिममा ईण्डिया शीर्ष स्थानमा छ । अष्ट्रेलिया, साउथ अफ्रिका, ईङल्याण्ड र न्युजिल्याण्ड क्रमश दोस्रो देखी पाँचौ स्थानमा छन् ।

Comments:

comments

Latest News