अफगानिस्तानद्धारा भारत पराजित, हारसंगै भारत बाहिर, अफगान सेमिफाइनलमा

एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिता अन्तर्गत समुहको अन्तिम खेलमा अफगानिस्तानले भारतको २३ बर्ष मुनिको टिमलँई दुई विकेटले हरायो । जितसंगै अफगानिस्तानले भारतलाई प्रतियोगिताबाट बाहिर पठाएको छ ।

बंगलादेशको जाहुल अहमेद चौधरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ४२ रन बनाएको थियो । भारतका लागि हनुमा बिहारीले ५९ तथा सुम्मन गिलले ४६ र बाबा अपराजितले ३८ रन बनाए । बलिङ तर्फ अफगानिस्तानका नभिन उल हकले चार विकेट लिए ।

जवाफमा अफगानिस्तानले ४६ ओभर तीन बलमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । अफगानिस्तानको जितमा योनास अम्जादजेले ५१, समिउल्लाह सेनवारीले ५० तथा सहिदुल्लाहले ४२ रन बनायो । बाकि खेलाडीले पनि राम्रो योगदान गर्दा बंगलादेशले भारतमाथि जित निकाल्न सफल भयो । जितपछि भारतलाई पछि पार्दै अफगानिस्तान समुह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्दा भारत प्रतियोगिताबाट बाहिरीयो ।

Comments:

comments

Latest News