नेपालमा खेल्न केन्या भोली (विहिबार) पुग्दै, पारस खडका खेल्ने नखेल्नेमा अझै अनिश्चित

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पाचौ चरणको खेल अन्तर्गत नेपाल विरुद्धको खेलका लागि भोली राति केन्या टिम काठमाडौ आइपुग्दैछ ।

करीव एक साता भारतमा प्रशिक्षण गरेर नेपालसंगको सुहाउदो पिचमा अभ्यास गरेको केन्या टिम राति ८ बजे विमानस्थलमा अवतरण हुने बताइएको छ । राकेप पटेलको कप्तानीमा रहेको टिममा युवा खेलाडीको बाहुल्यता हरेको छ । अधिकांस आप्रवासी खेलाडी रहेको टिमले नेपाल पुगेपछि शुक्रबाट एक दिन मैदानको निरिक्षण गरेर सामान्य अभ्यास गर्नेछ ।

भारतमा एकसाता बन्दा राम्रो प्रशिक्षण पाएको टिमका प्रशिक्षक स्टिभ टिकोलोले आफनो बोर्डलाई जनाएका छन । केन्याका उत्कृष्ट क्रिकेटरको सुचिमा पर्ने ४५ बर्षे टिकोलोको प्रशिक्षणमा रहेको टिमका मुख्य खेलाडीका रुपमा ओपनर इरफान करिम, एलेक्स ओबान्डा, धिरेन गोन्डारीया, राकेप पटेल रहेका छन ।

यसै खेलका लागि नेपाली टिमको तयारी लगभग पुरा भएको छ । तर नेपाली टिमका कप्तान पारस खडका खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । तर पारसले आफुले नखेलेपछि केन्या विरुद्ध जित्ने विश्वास ब्यक्त गरेका छन । पेटमा सल्यक्रिया पछि पारस पछिल्लो तीन दिन देखि दिनहु प्रशिक्षणमा गएका भएपनि उनको खेल्ने सम्भावना एकिन हुन भने सकेको छैन ।

Comments:

comments

Latest News