बहुचर्चित मुलपानी मैदानको काम पुन सुरु, बर्षायाम पछि खेल्न योग्य बनाउने दावी

मुलपानीमा किर्तीपुरको विकल्पका रुपमा क्रिकेट मैदान बनाउने भनेको एकदेशको कथा जस्तै हुन थालिसक्यो । तीन बर्ष अगाडी नै मैदान खेल्न योग्य हुनुपर्नेमा अझैपनि कहिले खेल्न योग्य बन्ला भनेर खेलाडीहरु आशा गरिरहेका छन । काम सुरु हुने तर विचमै रोकिदै गरेको मैदानमा फेरी एकपटक काम सुरु गरिएको छ ।

१४ बर्ष अगाडी एशियाली स्तरको क्रिकेट एकेडेमी बनाउने भनेर निर्माण सुरु भएको यो मैदानमा कहिले विवादत कहिले बजेट अभावका कारण काम सुरु हुने, रोकिने हुदैगयो । तीन बर्ष अगाडी नै यो मैदानमा खेलाडीलाई खेल्न योग्य मैदान तयार हुने भनेर तत्कालिन क्यानका पदाधिकारीले निकै खोकेका थिए ।

तर समय वित्दै गयो मैदान बन्नत परै जाओस यतिबेला आएर बजेट खर्च गरेर निर्माण गरेका संरचनापनि जिर्ण बनेका छन । मैदान सम्याउनु अगाडी नै चार करोड रुपैया खर्च गरेर भवन बनाइयो । यो मैदानका लागि सरकारले हरेक बजेट भाषणमा बजेट नछुट्याइएको होइन ।

तर समयमा बजेट नआउने र खर्च गर्न नसक्दा बारम्बार बजेट फ्रिज हुन पुग्यो । पछिल्लो पटक क्रिकेट खेलाडी, प्रशिक्षकहरु मिलेर खेलकुद मन्त्रालयलाई बजेटका लागि ज्ञापनपत्र बुझाएका थिए । जसका आधारमा करीव साढे १६ लाख रुपैया बजेट पास भएपछि मैदानको काम पुन सुरु भएको छ ।

मुलपानीको मैदानमा देखिने गरी करीव साढे छ करोड रुपैया खर्च भएको छ । तर पछिल्लो पटक खर्च भएको संरचना भत्किएका छन । यसपटक मैदानको निर्माणका लागि खेलाडी प्रशिक्षक र स्थानिय सबै राखेर कार्यसमिती गठन गरिएको छ । बजेट हातमा नपरेपनि आउने आशामा काम सुरु भएको छ । जसका कारण मैदान सम्याउने र पिच बनाउने काम सुरु भएको छ ।

यो बर्षा याम पछि मैदान खेल्न योग्य बनाउने लक्ष्यमा खेलाडी तथा प्रशिक्षक टोलिको रहेको छ । तर करीव एक बर्ष अगाडीपनि छ महिनामा खेल्न योग्य बनाउने भनेर काम गुरु नगरीएको होइन त्यो त्यसै बोलिमा सिमित भएको थियो । मैदानको छेवैमा हरेको भवन जिर्ण बन्दा पनि मैदान तयार नहोला भन्न सकिन्न ।

Comments:

comments

Latest News

This Day In History

No Events