न्याभ कप क्रिकेटको उपाधी हिमालयन हुरिकेन्स लाई

गोर्खाली लायन्सलाई ७० रनले हराउँदै हिमालयन हुरिकेन्सले न्याभ कप क्रिकेटको उपाधी जितेको छ ।

२० ओभरको खेलमा हिमालयनले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा गोर्खाली १४० रन मै समेटिएको थियो । टिमलाई जिताउनका लागि हिमालयनका कप्तान सुनाम गौतमले १०४ रनको योगदान दिए । उनी म्यान अफ द म्याच र प्लेयर अफ द सेरिज बने । यसैगरी न्यारे किङ्स क्रिकेट क्लबलाई हराउँदै सगरमाथा रेनेगेट्स प्रतियोगितामा तेस्रो भएको छ ।

प्रतियोगिताका उत्कृष्ट बलर हिमालयन हुरिकेन्सका आशिस दाहाल र न्यारे किङ्सका किशोर कँडेल बने । बेस्ट विकेट किपर सगरमाथा रेनेगेट्सका सुशन गुरूङ, बेस्ट फिल्डर हिमालयन हुरिकेन्सका सुदर्शन रिजाल भए भने फेयर टिम प्ले अवार्ड सगरमाथा स्टार्सले जित्यो ।

फाइनल प्रतियोगितालाई अझै रोमान्चक बनाउन महिला, बालबालिका तथा सिनियर टिमबीच पनि क्रिकेट प्रतियोगिता गरिएको थियो । बिहान साढे ९ बजे किड्स एक्टिभिटीसँगै सुरु भएको फाइनल प्रतियोगितामा बिग व्यासको टिम मेल्वर्न स्टार्सले जुनियरहरुबीचको क्रिकेटमा सहयोग गरेको थियो ।

यसैगरी हिमालयन ‘ए’ र ‘बी’बीच भएको महिला क्रिकेट प्रतियोगितामा हिमालयन ‘बी’ बिजेता बनेको थियो भने एन्जिला चापागाइ प्लेयर अफ द म्याच बनेकी थिइन् ।
यसैगरी न्याभ टिम र कर्पोरेट टिमबीच भएको सिनियर क्रिकेटमा कर्पोरेट सिनियर क्रिकेट टिम बिजेता बनेको थियो भने सुनोद श्रेष्ठ प्लेयर अफ द म्याच बनेका थिए ।

Comments:

comments

Latest News