केन्या विरुद्ध कप्तान पारस खडकाको खेल्ने सम्भावना ५०–५० प्रतिशत

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्धको खेलको तयारीमा रहेको नेपालले अन्तिम तयारीमा ब्यस्त रहेको छ । एक साता लामो भारत भ्रमण बाट फर्किएपछि सुरु भएको अभ्यासमा कप्तान पारस खड्का पनि उपस्थित भए । पारस केन्या संगको खेलका लागि पुर्ण रुपमा फिट हुन्छन या हुदैनन त्यो अहिले नै टुंगो लागिसकेको छैन् ।

पेटको शल्यक्रिया पछि पारस पहिलो पटक मैदानमा फर्किए । उनले पहिलो दिन टिमसंगै वार्म अप गरेभने नेटमा हल्का नकिङ पनि गरे । अस्वस्थ भएपछि भारत भ्रमणमा नगएका पारसले केन्या संगको खेलका लागि फिट हुने प्रयासमा रहेको बताए । घरेलु मैदानमा नेपालका लागि खेल्ने अवसर गुमाउन नचाहेको बताउदै पारसले दुइ तीन दिनको अभ्यास पछि खेल्न सक्छु की सक्दिन भन्ने टुंगो लाग्ने उल्लेख गरे । साथै उनले नेपालका लागि घरेलु मैदानमा खेल्न पाउने कुनैपनि खेलाडीका लागि गर्वको विषय भएकाले आफु खेल्न तयार हुने धारणा राखेपनि घाउ अझै पुर्ण रुपमा निको नभइसकेकाले केहि कठिन भने हुने बताए ।

नेपालले आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेको छ । यस पटक युवा र सिनियर टिमको समिश्रण रहेकाले नेपाली टिम सन्तुलित रहेको प्रशिक्षक टमाटाको भनाइ छ । पारसले नेपाली क्रिकेटका लागि फागुन २८ र ३० गते हुने खेल कति महतवपुर्ण छ भन्ने खेलाडीले राम्रो संग बुझेको बताए ।

ज्ञानेन्द्र मल्ल र सुनिल धमालाले नेपालको ओपनिङ गर्ने लगभग पक्का भइसकेको छ । बांकी रहेको समयमा खेलाडीले मानसिक रुपमा खेलका लागि आफुलाइ तयार पार्नेछन भने ब्याट्सम्यानले फिनिसिङमा बढी ध्यान दिनेछन । स्लो विकेट भएका कारण बलिङ नेपालको मुख्य हतियार रहने छ । नेपाली टिममा चारजना स्पिनर रहेका छन । केन्याको टिम भने विहीबार नेपाल काठमाडौं आइपुग्नेछ ।

Comments:

comments

Latest News