एसीसी इमर्जिङ टिम्स कप क्रिकेट, नेपाल पाकिस्तानसंग ६ विकेटले पराजित

बंगलादेशमा आज बाट सुरु एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताकोे पहिलो खेलमा नेपालले पाकिस्तानसंग ६ विकेटले पराजित भएको छ ।

बंगलादेशको कक्स बजार स्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ८० रन बनायो । १४ ओभर तीन बलमा ४१ रन हुदा महत्वपुर्ण तीन विकेट गुमँएको नेपालको पारीलाइ सुनिल धमला र शरद भेषावकरले सम्हालेका थिए । ओपनर सुनिलले ४३ र शरदले ३८ रनको योगदान दिए । यस्तै विनोद भन्डारीले ३१ बलमा एक छक्का सहित २३ रन जोडे । आरिफ शेखले १६ र दिपेन्द्र सिंह ऐरीले १४ रन नेपालको खातामा थपे । ओपनर कप्तान ज्ञानेन्द्र मल्ल भने मात्र दुई रनमा पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिजमा गएका सागर पुन पनि चार रनमा मैदान बाहिरिए ।

यसैबीच आजको खेलमा नेपालका सुसान भारीले राष्ट्रिय टिम बाट डेब्यु गरेका छन । विनोद आउट भएपछि मैदान प्रवेश गरेका भारी दुइ रनमा गुलाम मुदस्सरको बलमा बोल्ड भएका थिए । मुदस्सरले पांच र ओस्मा मिरले दुइ विकेट लिए । जवाफमा पाकिस्तानको २३ बर्ष मुनिको टिमले ४७ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । पाकिस्तानको जितमा इमाम उल हकले सतक प्रहार गरे । उनले एक सय रन बनाए भने इमरान बटले २१ तथा ह्यारिस सोहेलले १७ रन बनाए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।

Comments:

comments

Latest News

This Day In History

No Events