एसीसी इमर्जिङ कप क्रिकेट, नेपालले भोली पाकिस्तानसंग खेल्दै

एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भोली पाकिस्तानसंग खेल्दैछ ।

बंगलादेशका कक्स बजारमा हुने खेल नेपाली समय अनुसार विहान सवा नौ बजेबाट सुरु हुनेछ । टेष्ट मान्यता राष्ट्र पाकिस्तानको २३ बर्ष मुनिको टिमसंग हुने खेलका लागि नेपाली टिमले पुर्ण रुपमा तयारी गरेको छ । सिनियर टिमका तीन जना खेलाडी सम्मिलित पाकिस्तानलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन । यसअघि २०१३ मा सिंगापुरमा भएको खेलमा नेपाल पाकिस्तानसंग नौ विकेटले हारेको थियो ।

त्यसअघि पनि नेपालले २०१० को एशियन खेलमा पनि पाकिस्तानसंग हार ब्यहोर्नु परेको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा धरै युवा खेलाडी रहेका छन । जीतका लागि उत्रने लक्ष्यका साथ बंगलादेश पुगेको नेपालको पारीको सुरुवात सुनिल धमला र ज्ञानेन्द्रले गर्ने सम्भावना रहेको छ ।

Comments:

comments

Latest News

This Day In History

No Events