न्युजिल्याण्ड र दक्षिण अफ्रिका विचको टेष्ट श्रृखला दक्षिण अफ्रिकाले जित्यो

उपाधिसंग कप्तान फाफ डुप्लिसिस

न्युजिल्याण्ड र दक्षिण अफ्रिका विचको तेस्रो टेष्ट क्रिकेट खेल बराबरीमा सकिएको छ । अन्तिम टेष्टपनि बराबरी भएपछि दक्षिण अफ्रिकाले तीन टेष्टको श्रृखला एक शुन्यले जितेको छ ।

न्युजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा तीन सय १४ रन बनाएको थियो । उसका लागि क्विटन डी ककले ९० तथा कप्तान फाफ डुप्लिसिसले ५३ र हसिम अमलाले ५० रन बनाए । बलिङ तर्फ न्युजिल्याण्डका मेट हेनरीले चार तथा निल वेग्नेरले तीन विकेट लिए ।
जवाफमा न्युजिल्याण्डले कप्तान केन विलियम्सनको एक सय ७६ रनको मद्दतले पहिलो पारीमा चार सय ८९ रन बनायो । जसमा जीत राभालले ८८ तथा कोलीन डी ग्राण्डहोमले ५७ रन बनाए । बलिङ तर्फ मार्ने मोरकल र कागिसो राबाडाले चार चार विकेट लिए ।

पहिलो पारीमा एक सय ७६ रनले पछि परेको दक्षिण अफ्रिका दोस्रो पारीमा निकै दबावमा थियो । तर ८० रनमा पाच विकेट हुदा पाचौ दिनको खेल बर्षाका कारण सम्भव नभएपछि अम्पायरले बराबरी भएको घोषणा गरे । जसका कारण दक्षिण अफ्रिकालाई श्रृखला जित्न पहिलो टेष्टको जीत नै प्रयाप्त बन्यो ।

Comments:

comments

Latest News