न्युजिल्याण्ड विरुद्ध दक्षिण अफ्रिका आठ विकेटले विजयी

न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको छ । जितसंगै दक्षिण अफ्रिकाले तीन टेष्टको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

घरेलु मैदान विलिङटनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले पहिलो पारीमा दुई सय ६८ रन मात्र बनाउन सक्यो । उसका लागि हेनरी निकोल्सले एक सय १८ रन बनाउनु बाहेक बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन । जसमा जीत राभालले ३५ र बीजे वाटलिङले ३४ रन बनाए । बलिङ तर्पm दक्षिण अफ्रिकाका जेपी डुमिनीले चार तथा मार्ने मोरकल र केशव महाराजले दुई दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले पहिलो पारीमा तीन सय ५९ रन बनायो । उसका लागि क्विन डी ककले ९१ तथा टेम्बा बाभुमाले ८९ रन बनाए । यस्तै मोर्ने मोरकलले ४० रन थपे । पहिलो पारीमा ९१ रनले पछि परेको न्युजिल्याण्ड दोस्रो पारीमा मात्र एक सय ७१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा राभालले ८० र वाटलिङले २९ रन बनाए ।

दोस्रो पारीमा धरासायी बनेको न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई मात्र ८१ रनमा लक्ष्य दिन सफल भयो । झिनो लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले दुई विकेट गुमाउदै पुरा गरयो । उसको जितमा हसिम अमलाले ३८ र डियन एल्गरले १७ रन बनाए । तेस्रो दिनमा नै सकिएको खेलमा दक्षिण अफ्रिका सुरुवात देखि नै हावी भएको थियो ।

Comments:

comments

Latest News