ICC World Cricket League Championship

केन्याविरुद्धको खेलमा फेरी बर्षा बाधक

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्याविरुद्धको खेलमा फेरी बर्षा बाधक बनेको छ । नेपालले टस हारेर ब्याटिङ गरिरहेको नेपालको स्कोर ३६ ओभरमा ८ विकेटको अवस्थामा एक सय १२ रन हुदा फेरी पानि परेपछि रोकिएको छ ।

कीर्तिपुर मैदानमा वर्षाका कारण झण्डै दुई घण्टा ढिलो सुरु भएको खेलमा केन्याले टस जितेर फिल्डिङ रोजेको हो । नेपालले २१ रन हुँदा पहिलो विकेट गुमायो । ओपनर सुनिल धमला तीन रनमा पेभेलियन फर्किए । त्यसपछि ३७ रन हुँदा नेपालले दोस्रो विकेट गुमायो । आजको खेलमा कप्तानी गरेका ज्ञानेन्द्र मल्ल ब्यक्तिगत २७ रनमा आउट भए । नेपालले ४५ रन बनाउदा तेस्रो विकेट खेर फाल्यो । सागर पुन १० रनमा आउट हुन पुगे ।

वर्षाका कारण खेल ३८ ओभरमा झारिएको खेलमा नेपालको राम्रो साझेदारी नहुदा ५५ रनमा चौथो विकेट गुमायो । क्रिजमा दिपेन्द्रलाइ साथ दिइरहेका शरद १७ बलमा तीन रन बनाउदै पेभेलियन फर्किए । लगातार विकेट गुमाएको नेपालको स्कोर ६६ रन हुदा पाचौ विकेट गुमायो । विनोद भण्डारी चार रनमा आउट भए । त्यसको लगत्तै महबुब आलम पनि आउट भएपछि नेपालले ७१ रन हुदा छैटौ विकेट खेर फाल्यो ।

नेपालले थप दुइ रन जोडदा सातौ विकेट खेर फाल्यो । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका दिपेन्द्र एैरी ब्यक्तिगत १९ रनमा आउट हुदा नेपालले ७३ रन बनाएको थियो । उनले ५६ बल खेलेका थिए । ८२ रन हुदा नेपालले आठौ विकेट गुमायो । बसन्त रेग्मी मात्र ६ रनमा आउट भए ।

Most Popular

To Top