हावाले उडाएको ४० हजार क्षमताको क्रिकेट मैदानको भाषण

कुनैपनि खेलका लागि समर्थक सबैभन्दा ठुलो सम्पति हो । मैदानमा समर्थकको उपस्थितीले खेलाडीको मनोवल सदैव उच्च हुन्छ । यस हिसावले हेर्ने हो भने नेपाली क्रिकेट टिम निकै भाग्मानी मानिन्छ । हालै केन्या बिरुद्ध टियु मैदानमा भएको खेलका क्रममा नेपाली समर्थकको उपस्थिती उनीहरुमा नेपाली क्रिकेट प्रतिको क्रेज कति छ भनेर प्रष्ट पारेको छ । पहिलो खेलमा राती देखी नै बर्षा भएपछि चिसो र बर्षाको वास्ता नगरी मैदानमा समर्थकको उपस्थिती देखेर आइसीसी मात्र होइन विपक्षी टिम पनि छक्क परेको थियो ।

नेपालमा कहिले काही हुने अन्तराष्ट्रिय प्रतियोगितामा आफनो टिमको समर्थन गर्न दर्शकको कहिले पनि कमी भएन । आज भन्दा चार बर्ष अगाडी जव एसीसी ट्वान्टी ट्वान्टी खेल भएको थियो सो बेला दर्शकको घुइचो देखेर सो बेलाका सरकारी पदाधिकारी र क्रिकेट विकाश गर्ने भन्ने पदाधिकारीले अव ४० हजार क्षमताको क्रिकेट मैदानको आवश्यकता भएको र चाडै त्यसलाई बनाउने हावा भाषण गरे ।

तिनीहरुको त्यो भाषण हावाले कता लग्या लग्यो कसैलाई वास्ता पनि छैन । किर्तीपुरको विकल्पका रुपमा अहिलेपनि कुनैपनि क्रिकेट मैदान तयार हुन सकेको छैन । मुलपानी एका देशको कथा भइसक्यो भने सोहि स्थानको तल्लो मैदान मुवाब्जाको टुङगो अझै लाग्न सकेको छैन । खेलाडीले खेलेर क्रिकेटलाई एक स्तरमा पुर्याइसके तर त्यसलाई सहयोग गर्ने ब्याकअप अझैपनि चियागफ गरे जस्तो गफै गरेर बसिरहेका छन ।

अर्को प्रशंग अब नेपाली दर्शकले कहिले नेपालमा अन्तराष्ट्रिय खेल हेर्न पाउलान । किनकी अब विश्व क्रिकेट लिग च्याम्पियनसिपका बाकि चार खेलमा दुई वटा हङकङमा खेलिने छ भने युएई विरुद्धको खेल तथष्ट मैदानमा खेलाउने बताइएको छ । त्यसमा पनि आइसीसीको निलम्बनमा नेपाल क्रिकेट परेका कारण नेपाललाई अरु अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाको मौका दिने सम्भावना निकै कम छ ।

यता सरोकार निकायले नेपालको निलम्बन फुकुवा गर्न पहल गर्नुपर्नेमा उल्टै मैदान भित्रको तनाव मात्र होइन खेलाडी र प्रशिक्षक नै क्यानको तनाव लिएर बस्न बाध्यछन । के साच्चै नेपाली क्रिकेटले फेरी विश्वकप खेलेको युवा पुस्ताले देख्न पाउलान या बंगलादेशमा खेलेको प्रतियोगिता नै अन्तिम होला यो ठुलो प्रश्न छ ।

Comments:

comments

Latest News