अत्तरियामा महिला क्रिकेट हुने

अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो।

आगामी वैशाख १० गतेबाट शुरु भएर २० गतेसम्म चल्ने प्रतियोगिता अत्तरियास्थित एपिएफको क्रिकेट मैदानमा हुनेछ। राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाउने आयोजकले जानकारी गराए। सहभागी टिमहरुमा नेपाल एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी काकरभिट्टा, राइजिङ क्रिकेट उमन, केडिसिए अत्तरिया, कञ्चनपुर–११ र बारा महिला क्रिकेट क्लब रहेका छन्।

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीले मिलन क्रिकेट एकेडेमी काकरभिट्टाको कप्तानी सम्हाल्नेछिन्। अन्तर्राष्ट्रिय खेलाडीद्वय विना बुढा मगर (नेपाल एपिएफ क्लब) र आरती विडारी (राइजिङ क्रिकेट उमन)को कप्तान रहेका छन्। अन्जली चन्दले केडिसिए अत्तरिया, विन्दु रावलले कञ्चनपुर–११ र मनिषा चौलागाईले बारा महिला क्रिकेट क्लबको कप्तानी सम्हाल्नेछिन् ।

लिगपछि समूहका शीर्ष दुई टोलीले उपापिधका लागि खेल्नेछन् । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैया प्राप्त गर्नेछन् । यस्तै प्लेयर अफ दि सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पफर्मेन्स, वेस्ट बलिङ पफर्मेन्स र विकेटकिपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । आयोजकले प्रतियोगिता सम्पन्न गर्न झण्डै ३५ लाख खर्च हुने बताएको छ ।

Comments:

comments

Latest News