आइसीसी च्याम्पियन्स ट्रफि, भारतले खेलाडीको नामावली पठाएन

इग्ल्याण्ड र वेल्समा हुने आइसीसी च्याम्पियन्स ट्रफिका लागि खेलाडी दर्ताको मिती सकिदा भारतले भने टिमको नामावली बुझाउन सकेन ।

आइसीसीले २५ तारिखका लागि खेलाडीको नामावली बुझाउने मिती तोकेकोमा भारतले आन्तरीक कारण देखाउदै टिम दर्ता नगरेको बताइएको छ । च्याम्पियन्स ट्रफिमा सहभागि आठ टिम मध्ये सात टिमले खेलाडीको नामावली पठाइसकेका बेला भारतीय क्रिकेट बोर्डले भने विसीसीआइका सचिव अमिताभ चौधरी र सिइओ राहुल जोहरी यो साता आइसीसीको बैठकमा जान गरेको र कप्तान विराट कोहली आइपिएलमा ब्यस्त रहेकाले सबै पार्टि एक साथ बस्न नसकेकाले टिमको घोषणा नरेको बताएको छ । साथै बीसीसीआइले यसको जानकारी आइसीसीलाई गराइसकेको पनि बताएको छ ।

Comments:

comments

Latest News