डिपिएल, अत्तरीया सुरुवातमा नै दबावमा

धनगढी प्रिमियर लिगको पहिलो खेलमा आज सिवाइसी अत्तरीया र काठमाडौ गोल्डेन्स विच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढीको सेती अञ्चल प्रहरी मैदानमा हुने खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्सले टस जितेर फिल्डिङ रोजेको छ । अत्तरीयाको चार रन हुदा पहिलो विकेट झरेको थियो ओपनर सन्दिप सुनुवार चार रनमा सोमपालको बलमा आउट भए । त्यसपछि २८ रन हुदा रोशन नेपाली ब्यक्तिग १० रनमा पेभेलियन फर्किए । लगतै अर्का ओपनर दिलिप नाथ पनि १५ रनमा आउट भएपछि अत्तरीयाले २९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि सात रनमा रनआउट भएपछि अत्तरीयाले ४४ रनमा चौथो विकेट गुमाउदै दबावमा परयो । टिमका मुख्य बलर मानिने करण केसी आजको खेलमा नखेल्ने भएका छ । पुर्ण रुपमा फिट नभएका कारण उनी आज बेन्चमा हुनेछन । काठमाडौ गोल्डेन्समा धरै जसो खेलाडी युवा रहेका छन ।

प्रतियोगिता अगाडी गोरखपुरमा प्रशिक्षण गरेको टिममा नाम चलेका खेलाडीमा नरेश बुढाऐर, सन्दिप जोहरा, सोमपाल कामी, मञ्जित श्रेष्ठ, बसन्त रेग्मी छन । मैदानको पिट ब्याटिङलाई बढि सहयोग गर्ने भएकाले आजको खेल रोमाञ्चक हुने आशा गरिएको छ । आजै हुने अर्को खेलमा रुपन्देही च्यालेञ्जर्स र कञ्चनपुर आइकोनिक विच प्रतिस्पर्धा हुनेछ ।

Comments:

comments

Latest News