धनगढी प्रिमियर लिग, अत्तरीयाले काठमाडौ गोल्डेन्सलाई एक सय ४७ रनको लक्ष्य

धनगढी प्रिमियर लिगको पहिलो खेलमा सिवाइसी अत्तरीयाले काठमाडौ गोल्डेन्सलाई एक सय ४७ रनको लक्ष्य दिएको छ ।

धनगढीको सेती अञ्चल प्रहरी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरीयाले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अत्तरीयाले चार रन हुदा ओपनर सन्दिप सुनुवार चार रनमा सोमपालको बलमा आउट भए । त्यसपछि २८ रन हुदा रोशन नेपाली ब्यक्तिग १० रनमा पेभेलियन फर्किए । लगतै अर्का ओपनर दिलिप नाथ पनि १५ रनमा आउट भएपछि अत्तरीयाले २९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लपनि सात रनमा रनआउट भएपछि अत्तरीयाले ४४ रनमा चौथो विकेट गुमाउदै दबावमा परयो । त्यसपछि योगेन्द्रसिंह कार्कीले ५७ र ज्ञानेन्द्र कुवरले ३४ रन जोडदा अत्तरीयाले सम्मानजनक स्कोर तयार पारयो । बलिङ तर्फ सोमपाल कामीले दुई विकेट लिए भने मञ्जित श्रेष्ठ, सन्तोष भट्ट र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

आजै हुने अर्को खेलमा रुपन्देही च्यालेञ्जर्स र कञ्चनपुर आइकोनिक विच प्रतिस्पर्धा हुनेछ ।

Comments:

comments

Latest News

This Day In History

No Events