धनगढी प्रिमियर लिग, चौराहाले टस जितेर फिल्डिङ रोज्यो

धनगढी प्रिमियर लिगमा अहिले विराटनगर किङस र टिम चौराहा धनगढी विच प्रतिस्पर्धा भइरहेको छ ।

सेति अञ्चल प्रहरी कार्यालयमा जारी खेलमा पारस खडकाको कप्तानीा रहेको टिम चौराहाले टस जितेर फिल्डिङ रोजेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर प्रतियोगिताको बलियो उपाधि दावेदार हो । अन्डर नाइन्टिन टिमका खेलाडीको बाहुल्यता रहेको टिममा दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमृत श्रेष्ठ जस्ता युवा र क्षमतावान खेलाडी रहेका छन ।

यस्तै धनगढीमा कप्तान पारस बाहेक अनिल मण्डल, आरिफ शेख, राजु रिजाल, पृथु बास्कोटा मुख्य खेलाडी रहेका छन । दुबै टिमको जारी प्रतियोगितामा पहिलो खेल हो ।

Comments:

comments

Latest News