धनगढी प्रिमियर लिग, काठमाडौ गोल्डेन्सको दोस्रो जित

काठमाडौ गोल्डेन्सले धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगर किङसलाई ८६ रनले हराउदै काठमाडौले दोस्रो जित दर्ता गरयो ।

एएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ७३ रन बनायो । अघिल्ला दुई खेलको तुलनामा आज काठमाडौको ब्याटिङ उत्कृष्ट रहयो । २२ रनमा पहिलो विकेट गुमाएको काठमाडौले ७७ रन हुदा तीन विकेट खेर फालेको थियो । तर सोमपाल कामी सुमित महर्जनले चौथो विकेटका लागि ९० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए ।

काठमाडौका लागि सुमितले ४४, सोमपालले ३९ तथा कप्तान बसन्त रेग्मीले ३० रन बनाए । यस्तै सुविन्दु पाण्डेले २७ रनको योगदान गरे । बलिङ तर्फ विराटनगरका लागि शरद भेषवाकरले दुई विकेट लिए ।

जवाफमा शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर १८ ओभर पाच बलमा ८७ रनमा अलआउट भयो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा दिपेन्द्रसिंह ऐरीले ३१ र शरद भेषवाकरले १३ तथा जितेन्द्र मुखियाले ११ रन बनाउनु बाहेक बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।

जारी प्रतियोगितामा विराटनगरको पहिलो हार हो । विराटनगरलाई कम स्कोरमा रोक्न सन्तोष भट्टले तीन तथा बसन्त रेग्मी र भुवन कार्कीले दुई दुई विकेट लिए । प्रतियोगितामा भोली टिम चौराहा र कञ्चनपुर तथा विरानगर र अत्तरीया विच खेल हुनेछ ।

Comments:

comments

Latest News