सिवाइसी अत्तरीयाले विराटनगर किङसलाई ९३ रनको लक्ष्य

डिपिएल अन्तर्गत नै अर्को खेलमा सिवाइसी अत्तरीयाले विराटनगर किङसलाई ९३ रनको लक्ष्य दिएको छ ।

एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीया २० ओभरमा ९२ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । यसअघि जस्तै आज पनि अत्तरीयाको सुरुवात राम्रो हुने सकेन । १६ रन बनाउदा दुई विकेट गुमाएको अत्तरीयाले ५८ रन हुदा चार विकेट खेर फालेको थियो । त्यसपछि थप १० रन जोडदा उसले अरु दुई विकेट गुमायो ।

त्यसपछि बाकि २४ रन जोडदा अत्तरीया अलआउट हुन पुग्यो । उसका लागि महबुब आलमले २७ तथा पहिलो खेल खेलेका करण केसीले १७ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कुवरले १० रन जोडे । बलिङ तर्फ विराटनगरका सन्दिप लामिछानेले तीन तथा जितेन्द्र मुखियाले दुई विकेट लिए । अत्तरीयाले अहिलेसम्म दुई खेलमा एकमा जित र एक हार ब्यहोरेको छ ।

Comments:

comments

Latest News