धनगढी प्रिमियर लिग, रुपन्देहीको लगातार तेस्रो जित, प्लेअफमा पुग्ने पहिलो टिम

धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा काठमाडौ गोल्डेन्सलाई १५ रनले हराउदै रुपन्देही च्यालेञ्जर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका रुपन्देहीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३५ रन बनायो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको रुपन्देहीका लागि शंकर राना र नुरध्वज सेनले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । नुरुध्वज ३७ रनमा पेभेलियन फर्किएपछि क्रिजमा आएका पुष्प थापाले पनि शंकरसंग २६ रनको साझेदारी गरेका थिए । शंकर १६ रनमा आउट भए भने पुष्पले ३६ रन जोडे । एक सय नौ रन हुदा पाच विकेट गुमाएको रुपन्देहीले बाकि २६ रन जोडदा अरु चार विकेट खेर फाल्यो । काठमाडौका लागि सोमपाल कामीले चार विकेट लिए ।

जवाफमा काठमाडौ २० ओभरमा नौ विकेट गुमाउदा एक सय २० रनमा रोकियो । काठमाडौका खेलाडी विच राम्रो साझेदारी नहुदा हार ब्यहोनु परयो । पाच रन हुदा पहिलो विकेट गुमाएको काठमाडौले २९ रन हुदा चार विकेट खेर फालेको थियो । काठमाडौका कुनैपनि खेलाडी विच ३० रन भन्दा माथिको साझेदारी हुन सकेन । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सुमित महर्जनले २७ तथा सुविन्दु पाण्डे र रोहित कुमारले २०–२० रन बनाए । अन्तिममा हरीकृष्ण झाले १६ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन । उसका सात खेलाडी एकोहोरो रुपमा आउट भए । काठमाडौलाई कम स्कोरमा रोक्न शक्ति गौचनले तीन तथा विक्रम सोब र कृष्ण कार्कीले दुई दुई विकेट लिए । अब प्लेअफमा स्थान बनाउन काठमाडौलाई अन्तिम खेल जित्ने पर्ने हुन्छ ।

Comments:

comments

Latest News