नेपाल ११ ले धनगढी लाइ एक सय ६२ रनको लक्ष्य, पारसको उत्कृष्ट कमब्याक

धनगढी प्रिमियर लिगको उदघाटन खेलमा नेपाल ११ ले धनगढी ११ लाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

धनगढीको सेती अञ्चल प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारस खडकाको टिम नेपाल ११ ले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ६१ रन बनायो । एक रन हुदा दुई विकेट गुमाएको नेपाल ११ को तेस्रो विकेटका लागि पारस खडका र बसन्त रेग्मीले ८२ रनको साझेदारी गर्दै पारी सम्हाले । बसन्तले ४३ रन बनाए भने पारसले ६८ रन हिर्काए ।

करीव एक महिना पछि मैदानमा फर्किएका पारसले उत्कृष्ट कमब्याक गरे । उनले ४४ बलमा सात चौका र चार छक्का प्रहार गरेका थिए । एक सय ४६ रन हुदा पाचौ विकेट गुमाएको नेपाल ११ ले थप सात रन जोडदा छैटौ विकेट खेर फाल्यो । शरद भेषवाकरले १९ रन बनाउदा विनोदले खाता खोल्न पाएनन । त्यसपछि महबुब आलम पनि १० रनमा रनआउट हुदा राष्ट्रिय टिमले एक सय ६० मा सातौ विकेट गुमायो । धनगढीका लागि विक्रम ठगुन्नाले चार विकेट लिए ।

Comments:

comments

Latest News