धनगढी प्रिमियर लिग, ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभर तीन बलमा जित निकाल्नु पर्ने

धनगढी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा रुपन्देही च्यालेञ्जर्सले घरेलु टिम चौराहालाई ९२ रनको लक्ष्य दिएको छ ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन बनायो । खराव सुरुवात गरेको रुपन्देहीले १६ रन हुदा पहिलो विकेट खेर फाल्दा थप तीन विकेट पनि एक रन जोडन नपाउदै गुमायो । जसमा कारण १६ रनमा चार विकेट गुमाएको रुपन्देहीले ४२ रनमा छ विकेट झार्न पुग्यो ।

उसका लागि अन्तिम थापाले ११ रन बनाउदा अन्तिममा प्रकाश केसीले उत्कृष्ट पारी खेल्दै टिमलाई उकासे । उनले ३४ बलमा अविजीत ४९ रन बनाए । प्रकाशले आरिफ सेखको अन्तिम ओभरमा २६ रन प्रहार गर्न सफल भए । बलिङ तर्फ ललित राजबंशीले चार विकेट लिए । पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्लेअफमा पुग्न अब १४ ओभर तीन बलमा जित निकाल्नु पर्नेछ । यदि त्यती ओभरमा जित निकाल्न नसकेमा कञ्चनपुर आइकोनीक प्लेअफमा पुग्नेछ ।

Comments:

comments

Latest News