धनगढी प्रिमियर लिग, टिम चौराहाको लगातार दोस्रो हार

धनगढी प्रिमियर लिगमा घरेलु टिम चौराहालाई हराउदै कञ्चनपुर आइकोनिकले पहिलो जित निकालेको छ । जारी प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको चौराहा आज कञ्चनपुरसंग ११ रनले पराजित भयो ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा कञ्चनपुरले २० ओभरमा ६ विकेट गुमाउदै एक सय पाच रन बनाउन सक्यो । राम्रो सुरुवात गरेको कञ्चनपुरले ५७ रन हुदा पहिलो विकेट गुमाएको थियो । तर त्यसपछि थप ४८ रन जोडदा बाकी चार विकेट खेर फाल्यो । उसका लागि तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । जसमा सुनिल धमलाले ३९, सिद्धान्त लोहनीले २७ र सागर पुनले २० रन बनाउनु बाहेक बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । कञ्चनपुरलाई कम स्कोरमा रोक्न रामनरेश गिरी र आरिफ शेखले दुई दुई विकेट लिए ।

जवाफमा चौराहा १७ ओभर चार बलमा ९४ रनमा अलआउट भयो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको चौराहाका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन । २६ रन हुदा दोस्रो विकेट खेर फालेको चौराहाले ९० रन बनाउदा पाच विकेट गुमाएको थियो । त्यसपछि जितका लागि १६ रन आवश्यक हुदा चौराहाले थप चार रन जोडदा बाकि पाच विकेट गुमाउन पुग्यो । उसका लागि कप्तान पारस खडकाले २३ तथा आरिफ शेखले २२ र पृथु बास्कोटाले १९ रन बनाए । यस्तै अनिल मण्डलले १२ रन जोडदा उसका चार खेलाडीले खाता खोल्न पाएनन । चौराहालाई कम स्कोरमा रोक्न अविनाश कर्णले तीन तथा ललितसिंह भण्डारी र चन्द्र साउदले दुई दुई विकेट लिए ।

Comments:

comments

Latest News