धनगढी प्रिमियर लिग, चौराहा धनगढीले मारयो बाजि

Aarif Sheikh

धनगढी प्रिमियर लिगको पहिलो संस्करणको उपाधी पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीले जितेको छ । स्थानिय टिम चौराहले फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनर किंसलाइ ६२ रनले पराजित गरेको हो ।

सेती अन्चल प्रहरी कार्यलयको मैदानमा टस जितेर ब्याटिङ गरेको चौराहाले निर्धारित २० ओभरमा पांच विकेट गुमाउदै एक सय ५९ रन बनाएको थियो । सुरुवातमै तीन विकेट सस्तैमा गुमँएपछि दवावमा आएको चौराहलाइ आरिफ शेख र अमर राउटेलाले सम्हालेका थिए । यो जोडीले पांचौ विकेटका लागि ६२ रनको साझेदारी गरेपछि चौराहले ठुलो स्कोर बनाउन सफल भयो । आरिफले ३० बलमा ५४ रन जोडे । उनको पारीमा चार चौका र चार छक्का सामेल थियो । डिपिएलमा उनको यो दोस्रो अर्ध शतक हो । आरिफ जितेन्द्र मुखियाको बलमा क्याच भएका थिए । यस्तै राउटेला १५ बलमा ३१ रन जोड्दै अन्तिम समय सम्म क्रिजमा रहे ।

पारसले २९ पृथु बास्कोटाले १४ रन बनाउदा सौरभ खनाल १४ रनमा अविजीत रहे । टिमको स्कोर चार रन हुदा चौराहले दुइ विकेट गुमँएको थियो । ओपनरद्धय राजु रिजाल शुन्य र अनिल मंडल दुइ रनमा पवेलियन फर्किए । दुवैजना शुसिल कंडेलको बलमा आउट भएका थिए । सुरुवाती दश ओभरमा तीन विकेट गुमाउदै जम्मा ४१ रन जोडेको चौराहले बांकी दश ओभरमा एक सय १८ रन बनाएको थियो । जवाफमा एक सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर १८ ओभर एक बलमा मात्र ९७ रनमा अल आउट भयो । प्रनित थापा मगरले २७, अमित श्रेष्ठले २६, दिपेन्द्र सिंह ऐरी र आसिफ शेखले १३ र ११ रन जोडेका थिए । चौराहका सुसान भारीले तीन, आरिफ र सौरभ खनालले दुइ दुइ विकेट लिए । चौराहले लिगमा लगातार तीन खेलमा हार बेहोरेपनि बांकी खेलमा उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियन बन्यो ।

उत्कृष्ट बलिङ गर्दै १७ विकेट लिएका शुसिल कंडेल म्यान अफ द सिरिज बने । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे । विजेता चौराहले १५ र उपविजेताले ७ लाख पुरस्कार हात पा¥यो । चैत २७ देखी सुरु भएको लिगमा ६ टिमको सभागिता रहेको थियो ।

Comments:

comments

Latest News