धनगढी प्रिमियर लिग, रुपन्देहीले कञ्चनपुरलाई १४ रनले हरायो

धनगढी प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।

धनगढीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४५ रन बनायो । बलियो सुरुवात गरेको रुपन्देहीले पहिलो विकेटका लागि हरीशंकर शाह र शंकर रानाले ६० रनको साझेदारी गरेका थिए । तर त्यसपछि भने रुपन्देहीका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन । रुपन्देहीका लागि हरीशंकरले ३३ तथा शंकरले १९ रन बनाए ।

तर त्यसपछिका तीन खेलाडी लगातार रुपमा आउट हुदा रुपन्देहीले ८७ रनमा पाच विकेट गुमायो । त्यसपछि कप्तान शक्ति गौचन पनि १६ रनमा पेभेलियन फर्किए । लगतै कृष्ण कार्की पनि खाता खोल्न नपाउदै आउट भए । रुपन्देहीका लागि प्रकाश केसीले २६ तथा विक्रम सोबले १५ रन जोडे । बलिङ तर्फ युवा बलर कुशल भुर्तेलले चार तथा अभिनाश कर्णले दुई विकेट लिए ।

जवाफमा कञ्चनपुर २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३१ रनमा रोकियो । कञ्चनपुरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेपनि मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन । ओपनर सागर पुनले ३९ तथा सुनिल धमलाले २८ रन बनाउदा त्यसपछिका चार खेलाडी एकपछि अर्को रुपमा आउट भएपनि कञ्चनपुरले ८९ रन बनाउदा छ विकेट खेर फाल्यो । यो विचमा कुनै पनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन ।

अन्तिममा कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै कञ्चनपुरको आशा जगाएका थिए । तर २७ रनमा कुशल आउट भएपछि कञ्चनपुरले हारको सामना गरयो । कञ्चनपुरलाई कम स्कोरमा रोक्न साहाब आलम र कृष्ण कार्कीेले तीन तीन विकटे लिए । प्रतियोगितामा भोली विराटनगर किङस र टिम चौराहा धनगढी विच पहिलो खेल हुनेछ । दोस्रो खेलमा कञ्चनपुर र काठमाडौ विच खेल हुनेछ ।

Comments:

comments

Latest News