डिपिएल, काठमाडौ गोल्डेन्सले दियो एक सय ४८ रनको लक्ष्य

डिपिएल अन्तर्गत नै दोस्रो खेलमा काठमाडौ गोल्डेन्सले कञ्चनपुर आइकोनिक एक सय ४८ रनको लक्ष्य दिएको छ ।

धनगढीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४७ रन बनायो । पहिलो खेलमा अत्तरीयासंग पराजित भएको काठमाडौले आज पनि खासै राम्रो सुरुवात भने गर्न सकेन । ५७ रन हुदा तीन विकेट गुमाएको काठमाडौका लागि नरेश बुढाऐरले १० तथा सुविन्दु पाण्डेले १९ र कप्तान बसन्त रेग्मीले १४ रन बनाए ।

त्यसपछि सुमित महर्जन नौ र मञ्जित श्रेष्ठ १६ रनमा आउट हुदा काठमाडौले ८९ रनमा पाच विकेट खेर फाल्यो । एक सय १३ रनमा सात विकेट गुमाएको काठमाडौका लागि अन्तिममा भुवन कार्की र सन्दिप जोहराले उकासे । जसमा भुवनले अविजीत ३६ रन बनाए । उनले १४ बलमा पाच चौका र दुई छक्का प्रहार गरे यस्तै सन्दिपले पाच बलमा १३ रन बनाए । बलिङ तर्फ अविनाश कर्णले तीन विकेट लिए ।

Comments:

comments

Latest News