धनगढी प्रिमियर लिग, रुपन्देही च्यालेञ्जर्स र विराटनगर किग्स विच प्रतिस्पर्धा

धनगढी प्रिमियर लिगमा अहिले रुपन्देही च्यालेञ्जर्स र विराटनगर किग्स विच प्रतिस्पर्धा भइरहेको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवात राम्रो गर्न सकेन । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको विराटनगरले ओपनर प्रकाश विष्टलाई गुमायो । त्यसपछि २२ रन हुदा विराटनगरले दोस्रो विकेट खेर फाल्यो । अमित श्रेष्ट दश रनमा पेभेलियन फर्किदा तेस्रो विकेटका लागि दिपेन्द्रसिह ऐरी र आशिफ शेखले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर आशिफ ३० रनमा आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो । विराटनगरको स्कोर ७१ रन हुदा चौथो विकेट झरयो । क्रिजमा राम्रो खेलिरहेका आशिफ शेख ३६ रनमा पेभेलियन फर्किए । उनले ४१ ब्लमा तीन चौका र दुई छक्का प्रहार गरे । उनलाई जारी प्रतियोगितामा अहिलेसम्म धरै विकेट लिने युवा बलर शाहव आलमले पभेलियन फर्काए । त्यसको लगत्तै अनिल कुमार शाह चार बलमा आउट हुदा विराटनगरले ७६ रनमा पाचौ विकेट गुमायो ।

आज पराजित हुने टिमले अर्को क्वालिफाइङमा आजै हुने काठमाडौ गोल्डेन्स र धनगढी टिम चौराहा विचको प्लेअफको विजेतासंग हुनेछ ।

Comments:

comments

Latest News