Dhangadhi Premier League

धनगढी प्रिमियर लिग, प्लेअफमा विराटनगरले रुपन्देहीलाइ एक सय २९ रनको लक्ष्य

धनगढी प्रिमियर लिगमा विराटनगर किग्सले रुपन्देही च्यालेञ्जर्सलाइ एक सय २९ रनको लक्ष्य दिएको छ ।

धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउदै एक सय २८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको विराटनगरले खाता खोल्न नपाउदै पहिलो विकेट गुमायो । त्यसपछि २२ रन हुदा विराटनगरले दोस्रो विकेट खेर फाल्यो । अमित श्रेष्ट दश रनमा पेभेलियन फर्किदा तेस्रो विकेटका लागि दिपेन्द्रसिह ऐरी र आशिफ शेखले ३९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर आशिफ ३० रनमा आउट भएपछि विराटनगरले तेस्रो विकेट खेर फाल्यो ।

विराटनगरको स्कोर ७१ रन हुदा चौथो विकेट झरयो । राम्रो खेलिरहेका आशिफ शेख ३६ रनमा पेभेलियन फर्किए । उनले ४१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनलाई जारी प्रतियोगितामा अहिलेसम्म धरै विकेट लिने युवा बलर शाहव आलमले पभेलियन फर्काए । त्यसको लगत्तै अनिल कुमार शाह चार बलमा आउट हुदा विराटनगरले ७६ रनमा पाचौ विकेट गुमायो । छैटौ विकेटका लागि शरद र प्रनित थापामगरले राम्रो साझेदारी गर्न खोजेपनि प्रनित मात्र तीन रनमा आउट हुदा विराटनगरको ६ विकेट गुम्यो ।

लगत्तै कप्तान शरद भेषावकर पनि २४ रनमा आउट भएपछि विराटनगरले सात विकेट खेर फाल्यो । शरदलाई आउट गरेका रुपन्देहीका कप्तान शक्ति गौचनले सोहि ओभरमा जितेन्द्र मुखियालाई पनि पेभेलियनको बाटो देखाएपछि विराटनरको आठ विकेट झरयो । अन्तिममा पवन सराफले १५ रन थप्दा विराटनगरले सम्मानजनक स्कोर तयार पारयो ।
आज पराजित हुने टिमले अर्को क्वालिफाइङमा आजै हुने काठमाडौ गोल्डेन्स र धनगढी टिम चौराहा विचको प्लेअफको विजेतासंग हुनेछ ।

Most Popular

To Top