धनगढी प्रिमियर लिग, भोली देखी प्ले अफका खेल, को बन्ला फाइनलमा पुग्ने पहिलो टिम

धनगढी प्रिमियर लिगमा भोली देखी प्ले अफका खेलहरु सुरु हुदैछन । दोस्रो चरणमा रुपन्देही च्यालेन्सर्ज, विराटनगर किंस, काठमाडौं गोल्डेन्स र टिम चौराह प्रवेश गर्दा बलियो मानिएको कंचनपुर आइकोनिक र सिवाइसी अत्तरिया पुुच्छारमा रहे ।

भोली हुने पहिलो क्वालिफायरमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर किंस आमने सामने हुदैछन । क्वालिफायरमा जीत हात पार्ने टिम फाइनल प्रवेश गर्नेछ भने हार्ने टिम संग अझै एक मौका रहनेछ । लिग चरणमा रुपन्देहीले विराटनगरलाइ ६१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

सो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले अन्तिम थापाको ४५ रनको मदतमा एक सय ३२ रनको सामान्य लक्ष्य बनाएको थियो । तर एक सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगर साहाब आलमले चार विकेट लिएपछि ७१ रन अल आउट भएको थियो । रुपन्देहीको वलियो पक्ष भनेको बलिङ हो भने विराटनगर संतुलित टिम हो । टिम चौराह संग मात्र हार बेहोरेको रुपन्देहीले जीतेका सवै चार खेलमा पहिलो ब्याटिङ गरेको थियो । यता विराटनगरले लिग चरणमा रुपन्देही र काठमाडौं गोल्डेन्स संग हार बेहोेरेको थियो ।

अर्को प्ले अफमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराह र बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्स आमने सामने हुनेछन । टिम चौराह लगातार तीन खेलमा हार बेहोरेपनि अन्तिम दुइ खेलमा जीत हात पार्दै राम्रो रन रेटका आधारमा प्ले अफमा पुगेको थियो । लिगमा चौराहले गोल्डेन्सलाइ हराइसकेको छ । यो खेल दुवै टिमका लागि महत्वपुर्ण छ । हार्ने टिम प्रतियोगिताबाट बाहिरने छ भने विजेता टिमले क्वालिफायरमा प्रवेश पाउनेछ ।

स्पिनर चम्किएको पिचमा जसले खुलेर ब्याटिङ गर्यो उसैले जित हात पार्ने चारै टिमको भनाइ छ । पहिलो क्वालिफायर विहान सवा नौ बजे सुरु हुनेछ भने प्ले अफको खेल दिउसो एक बजे हुनेछ । दुवै खेल अन्चल प्रहरी कार्यलयको मैदानमा हुनेछ ।

Comments:

comments

Latest News

This Day In History

No Events