धनगढी प्रिमियर लिग, रुपन्देही च्यालेञ्जर्सको भैरहवामा बन्द प्रशिक्षण सुरु

धनगढीमा चैत २७ गतेदेखि हुने धनगढी प्रिमियर लिगका लागि सहभागि टिम तयारीमा ब्यस्त हुने क्रम सुरु भएको छ । देशका विभन्न छ वटा शहरको नाममा प्रतियोगिता खेल्ने तयारीमा रहेका टिम मध्ये एक रुपन्देही च्यालेञ्जर्सले भैरहवामा बन्द प्रशिक्षण सुरु गरेको छ । शक्ति गौचनको कप्तानीमा रहेको टिमको लक्ष्य नै उपाधि जित्ने रहेको छ ।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा यति बेला खेलाडीको प्रशिक्षणका कारण बाताबरण नै परिवर्तन भएको छ । चैत १७ गतेदेखि रुपन्देही च्यालेन्जरका खेलाडीले डिपीएलका लागि अभ्यास थालेका छन । हरेक दिन पाच घण्टा गर्मिमा पसिना चुहाउदै कडा प्रशिक्ष्ँण रहेका खेलाडी डिपिएलमा आफनो टिम उत्कृष्ट होस भन्न चाहन्छन । अभ्यासलाई परिणाममुखी बनाउन राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापा मगरले साथ दिएका छन ।

अधिकांस युवा खेलाडीको बाहुल्यता रहेको टिमले लिग अघि औपचारिक प्रशिक्षण लिएको यो पहिलो पटक हो । जसले गर्दा खेलाडीहरुमा नया उत्साह थपिनुका क्षमता प्रमाणित गर्ने अवसरका रुपमा लिएका छन । त्यसैले पनि युवा खेलाडीले यो प्रतियोगितालाई चुनौती र अवसर दुबैका रुपमा लिएका छन ।

शक्ति गौचनको कप्तानीमा रहेको टिममा भैरहवा सहित रुपन्देहीकै खेलाडीको वर्चश्व छ । तर डिपिएलको सुरुवाती चरणमा अनुभवी खेलाडी सुवास खकुरेल ब्यक्तिगत कारण खेल्न नसक्ने सम्भावना रहेको छ । टिममा अनुभवी खेलाडीमा राजेश पुलामी, अन्तिम थापा, पुष्प थापा लगायत छन् । अनुभवी र युवा खेलाडीको राम्रो मिश्रण भएकाले कप्तान शक्ति गौचनपनि उपाधि जित्ने विश्वासमा छन ।

चैत २७ देखि बैशाख नौ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिमको सहभागिता रहेकोे छ । अक्सनबाट खेलाडी छनोट गरेर टिम तयार पारी धरेलु क्रिकेटमा कोशेढुङगा सावित गरिसकेको डिपिएलले क्रिकेट विकाशका साथै खेलाडीलाई पनि धरै उत्साह थपेको छ ।

Comments:

comments

Latest News