हिमालयन क्रिकेट एकेडेमीको लक्ष्य, २० बर्षमा विश्वकप जित्नसक्ने खेलाडी उत्पादन गर्ने

खेलकुद नै सबै हो भन्ने सोच भएका खेलाडी त्यहि खेलमा लागेर विभिन्न काम गर्दै आएका छन । यस्तैमा नेपाली क्रिकेट टिमबाट राष्ट्रको प्रतिनिधित्व गरीसकेको केहि खेलाडी मिलेर नेपालमा नै पहिलो पटक आवाश सहितको क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन ।

राष्ट्रिय टिमका विस्फोटक ब्याटसम्यानको छवि बनाएका प्रदिप ऐरी, भुवन कार्की लगायत पाच जना खेलाडीले स्थानियको संलग्नतामा किर्तीपुरमा सुविधायुक्त क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन । एकेडेमीको अवधारणालाई अगाडी सारेर युवा खेलाडीलाई प्रशिक्षण दिनुका साथै आवास र अन्य सुविधा भएको एकेडेमी हो हिमालयन क्रिकेट एकेडेमी ।

क्रिकेट खेलेर कमाएको रकमलाई यी खेलाडीले यो एकेडेमीमा लगानी गरेका छन । तीन रोपनी क्षेत्रफल फैलिएको एकेडेमीमा छ बर्ष देखि कलेज पढने विधार्थीसम्मले प्रशिक्षण लिइरहेका छन । दुई वटा एस्ट्रो टर्फ र चार वटा टफ विकेट रहेको यो एकेडेमी सञ्चालनमा ल्याउन करीव दुई बर्ष कडा मेहेनत लागेको थियो । दुई करोड भन्दा धरै रुपैया लगानी रहेको एकेडेमीको एउटै लक्ष्य छ, अबको २० बर्षमा नेपाललाई विश्वकप जिताउने खेलाडी उत्पादन गर्ने ।

प्रदिप भन्छन, आफनो भएको जग्गा विक्रि गरेर यो एकेडेमीमा लगानी गरेको हो । तर खुलेको छ महिनामा राम्रो प्रतिक्रिया र खेलाडी पाइएको छ । तर लक्ष्य भनेको २० बर्षमा नेपालले विश्वकप जित्नसक्ने खेलाडी उत्पादन गर्ने हो । जुन अहिलेसम्म कसैले परिकल्पना पनि गर्न सकेको छैन ।

प्रदिपको कुरालाई थप गर्दै सुवास प्रधान भन्छन, खेलाडी भएपछि क्रिकेट बाहेक अरु केहि गर्न आएन, अब यो एकेडेमीबाट राम्रा खेलाडी उत्पादन गरेर राष्ट्रिय टिमलाई बलियो बनाउने हो । तर त्यसका लागि त्यति सजिलो भने छैन, केहि चुनौती छन तर सुरुवात मा नै हरेस खाए अगाडी बढन सकिन्न । त्यसैले सकारात्मक सोचका साथ अगाडी बढेका छौ ।

रातीको समयमा पनि प्रशिक्षण गर्न मिल्ने हिमालयन क्रिकेट एकेडेमीमा अहिले करीव एक सय जना विधार्थी नियमित प्रशिक्षण गरिरहेका छन । तीन सिफ्टमा खेलाडीलाई प्रशिक्ष्ँण दिन सञ्चालकले राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटालाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएको छ भने कहिले राष्ट्रिय टिमका अन्य खेलाडी आएर पनि प्रशिक्षण दिने गर्छन । राजधानी बाहिरबाट आउने खेलाडीलाई होस्टेलको सुविधा समेत रहेको एकेडेमी सञ्चालनका लागि चुनौती भने धरै छन ।

एकेडेमी सञ्चालनका लागि नै मासिक एक लाख रुपैया खर्च हुन्छ, त्यसमा पनि खेलाडीलाई ड्रेस देखि खेल सामाग्रिमा कुनै कमी आउन दिएका छैनौ । अहिले सात जना खेलाडी होस्टेलमा पनि बसिरहेका छन । तर विस्तारै राम्रो हुन्छ भन्ने आशामा छौ, प्रदिप भन्छन ।

एकेडेमी प्रवेशका लागि एक खेलाडीले बार्षिक २० देखि २५ हजार रुपैया मात्र तिरेपुग्छ । खेलाडी उत्पादनका साथै एकेडेमीको अर्को काम क्रिकेट सामाग्री वितरणपनि रहेको छ । भारतबाट एकेडेमीको ब्राण्डमा सामान आयात गरेर नेपालका विभिन्न स्थानमा सामाग्रि विक्रि पनि गरिदै आएको छ । जसले गर्दा सञ्चालकलाई एकेडेमी सञ्चालन गर्न केहि सहज भएको छ ।

यहि एकेडेमीमा प्रशिक्षण गरेर दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, दिलिप नाथ, कमलसिंह ऐरी, भिम शाक्य अन्डर नाइन्टिन क्रिकेट टिम स्थान बनाएका थिए । यो एकेडेमीमा निकट भविष्यमा नै इन्डोर प्रशिक्षण राखिनुका साथै अन्य सुविधा बढाउने योजनामा सञ्चालक छन । तर त्यसका लागि ठुलो खडको बजेट रहेको छ । तरपनि खेलाडी भएर क्रिकेट विकाशका लागि गरेको आट पक्कै पनि सर्हनिय विषय हो ।

Comments:

comments

Latest News