मलेसियन क्रिकेट संघले जित्यो आइसीसीको ठुलो अवार्ड

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले प्रदान गर्ने आइसीसी विकाश कार्यक्रम २०१६ को अवार्ड मलेसियन क्रिकेट संघले जितेको छ ।

२०१६ मा क्रिकेटमा उत्कृष्ट विकाशका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिता सफल रुपमा आयोजना गरेको भन्दै आइसीसीले सो अवार्ड दिएको हो । राष्ट्रिय महिला टिमको विकाशका साथै प्रशिक्षक कोचिङको तीन लेभलसम्मको कार्यक्रम गरेकाले मलेसियाले सो अवार्ड जितेको हो । यो अवार्ड वाफत मलेसियन क्रिकेट संघले पाच हजार अमेरीकी डलर हात पारयो ।

यस्तै महिला क्रिकेट अवार्ड केन्याकी पाउलिन जीरुले हात पारिन । राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दा उनले खेलेको भुमिकाको कदर गरिएको हो । उनले दुई हजार अमेरीकी डलर पाइन । स्कटल्याण्डका अमर अर्साफ बर्षको उत्कृष्ट स्वयंसेवक बने । बर्षको उत्कृष्ट इमेज अवार्ड ब्रजिल क्रिकेटले पायो भने सबैले दुई हजार डलर पाए ।

Comments:

comments

Latest News