इन्डियन प्रिमियर लिगमा आज दुई खेल, कोलकाताको किर्तीमानी जित

इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुनेछन । पहिलो खेलमा किङस इलावेन पञ्जाव र राइजिङ पुणे सुपर जाइन्ट विच खेल हुनेछ । यस्तै अर्को खेलमा बैङलोर र दिल्ली डेयरडेभिल्स आमनेसामने हुनेछन ।

गएराति भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई किर्तीमानी १० विकेटले हरायो । राजकोटमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजराजले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८३ रन बनायो । उसका लागि कप्तान सुरेश रैनाले अविजीत ६८ तथा दिनेश कार्तीकले ४७ रन बनाए । यस्तै ब्रान्डन म्याक्कुलमले ३५ रन थपे ।

जवाफमा कोलकाताले आइपिएलको इतिहासमा उत्कृष्ट ब्याटिङ गर्दै १४ ओभर पाच बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गरे । उसका जितमा कप्तान गौतम गम्भिरले अविजीत ७६ तथा क्रिस लेनले अविजीत ९३ रन बनाए ।

Comments:

comments

Latest News