इन्डियन प्रिमियर लिग, भुवनेश्वर कुमारको धारीलो बलिङका कारण पञ्जाव पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा हैदरावादले किङस इलावेन पञ्जावलाई पाच रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५९ रन बनायो । उसका लागि कप्तान डेविड वार्नरले ७० तथा नमन ओझाले ३४ रन बनाए । यस्तै शिखर धवनले १५ र दिपक हुडाले १२ रन थपे ।

जवाफमा पञ्जाव १९ ओभर चार बलमा एक सय ५४ रनमा अलआउट भयो । ८२ रन हुदा ६ विकेट गुमाएको पञ्जावलाई कम स्कोरमा रोक्न भुवनेश्वर कुमारले पाच विकेट लिए । उसका लागि मनन बोहराले ९५ तथा इयोन मोर्गनले १३ रन र ग्लेन म्याक्सवेल तथा मोहित शर्माले समान दश दश रन बनाएपनि टिमलाई हारबाट टार्न सकेनन । जारी प्रतियोगितामा हैदरावादको तेस्रो जित हो भने पञ्जावका तेस्रो हार हो ।

Comments:

comments

Latest News

This Day In History

No Events